१२ साउन,काठमाडाै-एउटा बँगैचामा सुन्दर मूर्ति राखेकाे भिडियाे टेलिभिजनकाे पर्दामा देखेपछि पुष्पाञ्जली शेरचनलार्इ त्यस्तै मूर्ति बनाएर बगैचामा राख्न मन लाग्याे । तर त्याे कहाँ पाउनु, कसरी राख्नु केही मेसाे पाइनन् । त्यही रहरले उनी अहिले सफल मूर्तिकार बनिन् ।
त्याे बेला उनकाे उमेर चार दशक लाग्दै थियाे । तर अाफ्नाे र्इच्छा पूरा गर्न उनी ललितकला भर्ना भर्इन । ‘आफँ मूर्ति बनाएर बगैँचामा राख्ने रुचि लाग्यो त्यसका लागि मूर्ति बनाउन पनि सिक्नु आवश्यक थियो,त्यसैले मैले मूर्तिकला पढ्ने विचार गरेँ ‘, उनले भनिन् ‘मेरो छोरा नै १४ वर्षको भइसकेको थियो । त्यसपछि म ललितकलामा भर्ना भएँ।’
सानैदेखि अङ्ग्रेजी विषयमा लगाव रहेका उनको ललितकलाको अध्ययन त्यति सहज भएन । शेरचन नेपाली विषयमा दुईपटक फेल भइन् ।
तेस्रो पटकमा नेपाली महिला र कलाको विषयसम्बन्धी निबन्ध लेख्ने प्रश्न आएपछि उनले आफ्नै अनुभव सङ्गालेर उत्तर लेखिन् र उत्तीर्ण पनि भइन् । उनी भन्छिन्– “सायद त्यही उत्तरका कारण म त्यो परीक्षामा पास भएको हुँ । नत्र त दुई पटक फेल भएपछि साह्रै दिक्क लागिसकेको थियो, पास गर्न सक्दिन होला भनेर तर त्यसो भएन ।”
घरपरिवारको सहयोग भए पनि सुरुवातमा माटोको फोहोरी काम किन गर्न लागेको भनेर आफ्नो पढाइलाई बेवास्ता गरेको अनुभव पनि उनले सुनाइन् । “श्रीमान्बाहेक अन्य परिवारका सदस्यले अफिसमा गएर काम पो गर्ने हो त किन यस्तो फोहोरी काम गर्न लागेको भनेर रिसाउँथेँ”–उनले विगतको अनुभव सम्झिइन् ।
त्यति बेलाको उनको सङ्घर्ष अहिले पहिचान भएको छ । “त्यसबेला मैले सङ्घर्ष नगरेको भए अहिले म यहाँसम्म पुग्ने थिइन” –उनले गर्विलो तर्क राखिन । अत्यन्त न्यून सङ्ख्यामा रहेका महिला मूर्तिकारमध्ये ६८ वर्षको उमेरसम्म पनि कलाकार पुष्पाञ्जली शेरचन क्रियाशील छन् ।
उनको उमेरकै कारण पढ्न नसक्ने हो की भन्ने केही प्राध्यापकको चिन्ता थियो । अन्त्यमा उनले पढेरै छाड्ने आफ्नो दृढता सुनाएपछि सबैजना सहमत भएका थिए । उनले समयसँगसँगै आफ्नो इच्छा र दृढतालाई सफल बनाएर सही सावित गरिदिइन् ।
नगन्य महिला मूर्तिकारमा उनको नाम अग्रणी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्