२५ कार्तिक, २ काठमाडौ । लैङ्गिक समानता र महिला तथा बालबालिकाको सशक्तीकरणका लागि देशमा आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (सिबिकस), बियोन्ड बेइजिङ कमिटी (बिबिसी), एनजिओ फेडरेसन र टेवा नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजित कार्यक्रममा सहभागी वक्ताले आर्थिक परिवर्तनले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा जोड दिइएको हो ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले सन् २०३० सम्म हासिल गर्ने दिगो विकासको लक्ष्यमध्ये महिला सशक्तीकरणको उद्देश्य प्राप्ति गर्न उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य इन्दिरा श्रेष्ठले देशभर अहिले महिलाको अवस्था कस्तो छ ? मुलुकको प्रशासनिक, सामाजिक र आर्थिक गतिविधिमा महिलाको सहभागिता कस्तो छ ? त्यसको वास्तविक अवस्था पत्ता लगाएर दिगो विकासका लक्ष्य प्राप्त गर्न नयाँ योजना सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठ तथा सोही संस्थाका उपाध्यक्ष सुशीला श्रेष्ठ लगायतले राज्यको निकाय तथा अन्य क्षेत्रमा महिलाको प्रतिनिधित्वको अहिलेको अवस्था अध्ययन गरी सन् २०३० सम्म हरेक तह र क्षेत्रमा महिला तथा पुरुषको ५०/५० प्रतिशत सुनिश्चित गराउनुपर्नेमा जोड दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्