१२ मंसिर, नवलपरासी – नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।दुम्कीबास ७ मा रहेको जंगलमा घाँस दाउरा लिन गएकी स्थानीय आसमती मश्राङ्गी मगरको ज्यान गएको हो ।
विहान घाँस काट्न गएकी उनको शव दिउसो एक बजे भेटिएको प्रहरीले जनाएको छ । घना जंगलमा एक्लै गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा शव भेटिएको हो ।
प्रतिक्रिया दिनुहोस्