मंसिर १३, २०८१ बिहीबार

नटेरेको भन्दै प्रिन्सिपलले कुटे छात्रा



Student beat

काठमाडौँ – आफुले भनेको नटेरेको भन्दै काठमाडौँमा एक निजि बिद्यालयका प्रिन्सिपलले छात्रलाई निर्घात मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।

काठमाडौं धुम्बाराहीस्थित लुम्बिनी विगिनर्स एकाडेमीका प्रधानाध्यापक सुरेश यादवले कक्षा ९ मा पढ्ने सुदीप दाहाललाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । पढाईमा अब्बल दाहाल कक्षामा प्रथम हुँदै आएका छात्र पनि हुन् । कुटपिटपछी सुदिप घाईते भएका छन् ।

 आईतबार प्रार्थाना गर्ने बेलामा पिटी खेल्न लाग्दा भने अनुसार गर्न नजानेको भन्दै प्रिन्सिपल यादवले प्लास्टिकको कालो पाइपले खुट्टा तथा तीघ्रा निल डाम बस्ने गरि कुटेका छन् । घाईते विद्यार्थीका बुवा घनहरी दाहालले बिगुल न्युजसँग कुरा गर्दै छोरालाई कर्टाईले गर्दा ज्वरो नै आएको र आज एकै छिन बिद्यालय आएर घर फर्केको बताएका छन् । लुम्बिनी विगिनर्सका प्रिन्सिपलले भनेको नमानेकोले पिटेको सिदिपका अभिभावकसँग स्वीकार गरेका छन्  ।
यस घटनाबारे बुझ्न बिद्यालयका प्रधानाध्यापक सुरेश यादवलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनले फोन स्विईच अफ गरेकाले सम्पर्क हुन सकेन ।

कुटपिट गर्नुको कारणबारे यसरी बयान एकाएक फेरियो ! 

लुम्बिनी विगिनर्स एकाडेमीका प्रधानाध्यापक सुरेश यादवले पहिले गणित शिक्षकलाई अनावश्यक प्रश्न गरेकोले पिटेको समाचार आइसकेको थियो। तर, पछि एकाएक करा फेरियो । जब यो घटना बारे  युबराज बास्तोलाको  फेसबुक मार्फत बिगुल न्युजले जनाकारी पायो तब हामीले घाईते छात्र सुदिपका बुवासँग फोनमा कुरा गर्यौं, उनले बिद्यालयका प्रधानाध्यापक यादव  आफुले प्रार्थनामा सिकाएको ब्यायाम अर्थात् (पिटी) खेल्न नजानेर पिटेको बताएको जनाए ।