मंसिर १३, २०८१ बिहीबार

यी हुन ८ छात्रा स्ववियू अध्यक्ष



FSUकाठमाडौं – देशभरका विभीन्न क्याम्पसमा १६ प्रतिशत छात्रा अध्यक्ष निर्वाचित भएका छन् । ४८ क्याम्पसमा स्ववियू गठन हुँदासम्म ८ क्याम्पसमा छात्रा स्ववियू अध्यक्षमा निर्वाचित भएका छन् ।
स्ववियू अध्यक्षमा महिला विजयी हुने संगठन मध्ये अगाडी अनेरास्ववियू छ । अनेरास्ववियूका ५ जना, अनेरास्ववियू (क्रान्तिकारी) २ जना र र नेविसंघका कोटाबाट १ जना छात्रा स्ववियू अध्यक्ष निर्वाचित भएका हुन् ।
अनेरास्ववियूका तर्फबाट खापरदेव क्याम्पस, बझाङमा पूजा कार्की, सेती क्याम्पस, बझाङमा विमला अवस्थी, खोटाङ क्याम्पस, खोटाङमा सन्तोशी फुँयाल, कानपुर क्याम्पस, काभ्रेमा सुनिता तामाङ र कृष्ण स्नातक लाली क्याम्पस, दार्चुलामा कमला पन्त निर्वाचित भएका छन् ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले जनज्योति क्याम्पस, पुर्कोटदह,गुल्मीमा सिर्जना घिमिरे, गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दियामा धनसरा ढकाल निर्वाचित भएका छन् ।
नेविसंघको तर्फबाट काभ्रे प्रकाश बहुमुखी क्याम्पसमा तृष्णा पन्त (उप्रेती) अध्यक्षमा निर्वाचित भएकी छन् ।