मंसिर १३, २०८१ बिहीबार

गठबन्धनले महिला मारमा



काठमाडौं – काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा राप्रपा र एमालेको गठबन्धनका कारण महिला मारमा परेका छन् । प्रमुख या उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था भए पनी दुवै पार्टीले पुरुष उम्मेदवार उठाएका हुन् ।

एमालेका नेता तथा अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष सावित्रा भुसालले अहिलेको निर्वाचनमा आफुले ठुलो पाठ सिकेको वताउनुभएको छ । उहाँले भन्नुभयो ‘निर्वाचनको समयमा पार्टीको हित नै प्रमुख हुँदो रहेछ, पार्टीले यो निर्णय समयसापेक्ष, परिस्थिति अनुसार गरेको हो, महिला प्रमुख वा उपप्रमुखमा नआउँदा आफैभित्र पिडा त छ, यो निर्वाचनले मैले ठुलो पाठ सिकेकी छु ।’

महानगरमा विवेकशिल दलले २१ वर्षिय रञ्जु न्यौपाने(दर्शना)लाई मेयरमा उठाएको छ । त्यसैगरी राप्रपाले पोखरा महानगरपालिकामा गिता गुरुङलाई मेयरमा उठाएको छ । त्यसैगरी माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई अघि सारेको छ । बाँकी सवै महानगरपालिकामा महिला उपमेयरमै सिमित छन् ।

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनको लागि आज १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता भैरहेको थियो । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा हुँदैछ ।