नयाँ शक्ति नेपालकी नेतृ एवं नायिका करिश्मा मानन्धरले काठमाडौबाट मतदान गर्न नपाएकोमा श्रीमानसंग आक्रोश पोखेकी छन् । श्रीमानले जानकारी नदिएको र वेवास्ता गरेको कारण आफू काठमाडौको मतदाता बन्न नपाएकोमा उनको आक्रोश छ ।
उनको मतदाता नामावली सप्तरीमा रहेको छ । उनले फेसबुकमा स्टाटस लेख्दै आफू काठमाडौं को नागरिकता भएको र विनोदसंग बिबाह गरेपछी सप्तरी राजबिराज बाट श्रीमानको थरको नागरिकता बनाईदिँदा पनि चुप लागेको तर श्रीमानको कमजोरीले गर्दा आफूले काठमाडौको मतदाता बन्न नपाएको बताएकी छन् । ‘हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरी को बसाई सराई गरेर वाहा ले भोटिङ्ग कार्ड लिनु भएछ तर वाहा ले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन, मैले वाहा लाई सोधे तर वस्ता गर्नु भयेन’ उनले लेखेकी छन् ‘म आफै गएर ४ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ, बसाई सराई को कागज पनि थिएन त्यसैले सप्तरीको लिस्ट मा पुगेछ, न म राजबिराज को हो न म तिहा कहिले बसेको छु कसरी गएर भोट दिने ?’ उनले आफ्नो नैसर्गिक अधिकारमा स्वामित्व जमानउन खोजेकोमा आफूलाई सह्य नहुने चेतावनी दिएकी छन् । ‘अरु सब कुरा मा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकार मा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ’ उनले लेखेकी छन् ।
करीष्माले श्रीमान विनोदको तानाशाहीपनको हद आफूले सहन नसकेको बताएकी छन् । ‘हरेक कुरा त परिवार आफ्न्त र छोरी को लागि सहेँ, एसै पनि बिनोद जी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ’ उनले भनेकी छन् ‘तर आज मेरो मलिक बन्ने तानाशाही को हद ले गर्दा मेरो मन ले सहन मानेन ।’ उनले सबै कुरामा विनोदलाई मालिक बनेपनि केही कुरा सहन नसकेको बताएकी छन् । ‘तिमी एउटा परिवार मा बस्छौ र परिवार का हरेक सदस्य हरु को आफ्नो अधिकार र चाहाना हुन्छन्, तिम्रो एकल निर्णय ले हुदैन’ करीष्माले लेखेकी छन् ‘सबै कुरा मा तिमिनै मालिक बन तर केही कुरा सहन सकिदैन ।’
प्रतिक्रिया दिनुहोस्