चितवन – महानगरपालीकामा देशभरबाट महिला मेयर एकजना मात्र हुने देखिएको छ । देशभरीका ४ महानगरपालिकामध्ये चितवनको भरतपुर महानगरपालीकामा रेणु दाहाल मात्रै महिला मेयर हुने संभावना बढेको हो ।
काठमाडौमा विवेकशिल पार्टीबाट रञ्जु दर्शना मेयरमा उठेपनि जित्ने संभावना भने कम रहेको विश्लेषकहरुको भनाई छ ।
पछिल्लो मत परीणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवारले एमालेका उम्मेदवार देवि ज्ञवालीसंग टक्करमा छिन् ।
स्थानीय नेताहरुका अनुसार चितवन भरतपुरको १ देखी ५ नंवर वडा सम्म एमालेको मत बढी हुन सक्ने वडा हुन् । अहिले १ नम्बर वडाको मात्रै मत गणना भैरहेकोले केही मतले एमालेका उम्मेदवार ज्ञवालीको अग्रता हुने अनुमान स्थानीय नेताहरुको छ । त्यसपछि ६ र ७ नंवर वडा गन्दा सम्म दाहाल र ज्ञवालीको बराबर हुने अनि ८ र ९ गणना दाहालले अग्रतालिने उनीहरुको भनाई छ ।
वडा नं १०, ११ र १२ सम्म गणना हुँदा फेरी एमालेले अग्रता लिने र १३ देखी २८ वडा सम्म रेनु दाहालले अग्रता कायम गर्ने विष्लेषण छ । २९ नम्बर वडामा ज्ञवालीले राम्रो मत ल्याएपनि समग्रमा रेणु दाहालले भारि मत सहित विजय हासिल गर्ने विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस्