झमझम झरी परेर बाहिर निस्किसक्नु छैन, अचानक साहुले गरीव गाउँले किसान रणध्वजलाई घरबाट निकाल्छ । मुखिया चतुरमानले जवजस्ती घोक्र्याएर पानीमा फ्याल्छ, अनि घरमा भोटेताल्चा मारेर घरबारी हडपिन्छ ।
झरीमा बनका चरी त गुँडमा टाँसिएर बस्छन् बचेरा जोखाउन पँखेटाले ओतेर । गाईभैँसी बलेसी नचुहिने भित्तोतिर तर्केर ओतिन्छन् । झन मान्छेको जात, जस्तोसुकै गरीव भएपनि चुहिने छानो टालटुल पारेर झरी ओतेर परीवार जोगाउँछ । तर मान्छेले मान्छेलाई गर्ने यो व्यवहारले यो दृष्य टुलु्टुलु हेरेर बस्नेहरुको आँखा बर्रर्र बर्सन्छ, झरीभन्दा धेरै । २१ औँ सताब्दीमा पनि सामन्तको यो ब्यवाहारले गाउँका गरीवको कारुणीक व्यथा दर्शाउँछ ।
सामन्तको बिरोध गरेर नथाक्ने कम्युनिष्टहरु सिँहदरबारको वरीपरी छन् । झन सामन्तबादको जरै उखेलेर फाल्न १० वर्ष शसस्त्र युद्ध थालेका कम्युनिष्टहरु त एकपछि अर्को अड्डा जमाएर बसिरहेका छन् । गरीबका दिन फर्किने भाषण गर्दै बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दिनहुँ भाषण हुन्छ सिँहरदरबारका अधिकार गाउँ गाउँमा भनेर । तर सिँहदरबार र बानेश्वरबाट पुगनपुग आधाघण्टाको दुरीमा रहेको बत्तिसपुतलीमा गरीवले भोग्नुपरेको सामन्ती शोषण र कारुणीण दृस्य हेरेर आँखा रुझाउन बाध्यहुनेबाहेक अर्थोक उपाय छैन ।
नेपाली समाजको आजभन्दा करीव दशक अगाडीको दिनहरु भोग्नेलाई लाग्छ यो कालरात्री हो हामीले भोगको जसले देख्द यो दृस्य । जीवन बरालको सजिव निर्देशनले नेपाली समाजमा सामन्तीयूगको कथालाई यथार्थताको धरातलमा उतारेको छ, नाटककार मानबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटकमार्फत ।
झापाबिद्रोह, किसान आन्दोलन हुँदै १० वर्षे शसस्त्रयुद्धसमेतले किन भयो र किन अनाहकमा जनता मारीयो भनेर सामाजिक सञ्जालमा आलोचना गर्नेहरुको लहर चलिहरँदा यो दृस्य, जसले त्यस्ता हजारौँ प्रश्नको जवाफ दिने छ । छोरीको बिहेका लागि सम्पत्ति धितो राखेर लिएको ऋण तिर्न नसकेपछि साहुले गरीवको घरखेत जवर्जस्ती हडपेको अवस्थाले सामाजिक सञ्जालेहरुलाई जवाफमात्र दिँदैन मानवता हुनेहरुका लागि ति कालरात्रीहरुबाट मुक्ति दिनका लागि लडेको लडाईलाई स्यालुट गर्छ । एउटा गरीबकी छोरी मैयालाई बिहेको मण्डपमा पुग्नेबेला एउटा पापी साहुले गहनासहित भारतमा बेच्न पठाएपछि बहिनीको साटो दिदी जुना डोली चढेर जानुपरेको कारुणीक दृस्यले कसैको आँशु थामिन्न ।
गाउँको माया अम्बरसंग संगै जीउने कसम खाएकी जुनालाई जवर्जस्ती बहादुरेको डोलीमा चढाएर पठाएपछिको अवस्था र हुनेवाला ससुरा सामन्तबाट ऋणमुक्त गरेर जुनालाई बिहे गर्न आएको अम्बरले आफ्नै मितदाजुको श्रीमतिको रुपमा आफ्नी प्रेमीका देखेपछि मुर्छिएको अवस्थाले प्रेमी प्रेमीका मात्र होईन हरेक मानवको मन कोक्याउँछ । आफ्नो सम्पत्तिको एकमात्र हकदार भतिज अम्बरको हत्याका लागि उसको मितदाजु बहादुरेलाई उक्साएर हिँसा मच्चाउने सामन्ती प्रवृत्तिको चतुरमान मुख्खेको कारण बिहे गरेको चार महिनामा सेतो पहिरनमा बस्नुपरेको जुनाको अवस्था देख्दा छन सामन्तीप्रबृत्तिमाथी बदलाभाव पलाउँछ ।
मन मिलेको यूवकसंग प्रेम बिबाह गरेर जीवन बिताउने सपना बोकेकी जुनालाई राक्षसी स्वभावको जुवाडे पुरुषको कुटपिट र गाउँ गाउँमा कर्खा भट्याएर सन्देश दिने गाईनेदाईलाई दलित भनेर गरीएको अपमान सहिनसक्नु छ ।
सन ३० र ४० को दशकमा जनताको मानसपटलमा बसेको यो नाटक सामन्ती संस्कारका परिणमस्वरुप आर्थिक असमानता र सामाजिक अन्याय भोग्न बाध्य पारीएका शोषित, पीडित र किनारीकृत जनताका आजात प्रतिध्वनित गरेको छ । ‘दुःख सबैको समान हो, थाहा छैन कति न्याय गरेको छु’ निर्देशक बराल भन्छन् ‘यस नाटकमा घटनापछिको असर भदा पनि घटनासँगैका असर अरु छन जस्तो लाग्छ ।’ शिल्पीमा तयार पारीएको देउराली साँच्चै गाउँको देउराली जस्तै लाग्छ, जसले नाटकलाई झन सजिव बनाएको छ । गाईनेको सारङगीले बोकेको कथा कम मर्मस्पर्शी छैन ।
प्रतिक्रिया दिनुहोस्