मंसिर १४, २०८१ शुक्रबार

तीजलाई शसक्तीकरणको माध्यम बनाऔँ : सञ्चारीका अध्यक्ष शर्मा



नेपाली महिलाको पर्व तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनुपर्ने चितवनमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । चितवनको नारायणगढमा सोमबार भएको तीज विशेष कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले तीज पर्वलाई महिला शसक्तिकरणमा टेवा पु¥याउने पर्वको रुपमा मनाउनुपर्ने बताएकी छिन् ।
। फेन्सी व्यवसायी संघ र फेन्सी साकोस चितवनको संयुक्त आयोजना भएको कार्यक्रममा उहाँले तीज पर्वको विशेष अवसरलाई भड्किलो नबनाई महिलालाई आत्मनिर्भर बनाउनेतर्फ लैजानुपर्ने बताइन् । तीजपर्वको सन्र्दभमा आयोजीत कार्यक्रमहरु सामाजिक संस्कारसँग लक्षित हुने भन्दै उहाँले पर्वका अवसरमा नै महिलाबीच विचारहरुको आदानप्रदानमा समेत हुने गरेको बताएकी हुन् ।  तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले भनिन्  – ‘वर्त बस्ने, महिनावारीको पाप हटाउने, पञ्चमी पुजा जस्ता कुमान्यता हटाउन हामी स्वयंले पहल गर्नुपर्छ ।’

महिनावारी महिलाको प्रजनन् आधार भएको भन्दै  उनले पाप लाग्छ भन्दै गरिने छुवाछुतको व्यवाहरले छाउगोठ संस्कृतिलाई बढवा दिने पनि बताइन् । Nirmala 1

कार्यक्रमममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले तीज पर्वले नेपाली महिलाबीच सामुहिकता र एकताको भावना जगाउनुपर्ने बताउनुभयो । अधिवक्ता फुलमाया रानाभाटले तीज पर्व भड्किलो नहोस् भन्दै चितवनका महिला सचेत रहेको भन्दै यस्ता कार्यक्रमले तीजको महत्व उजागर हुने बताउनु भयो ।