म ५ वर्षकी थिए । त्यस बेलाका केही यादहरु अझै झलझली आउँछन् । तिहारको दिन थियो । सबै जना टीकाको साइत कुरेर बसेका थिए । बाबा र अङकललाई टीका लगाउन फूपूहरु पनि तरखर भएर बस्नुभएको थियो । टीका लगाउने समय नि भयो । फूपुहरुले बाबाहरुलाई टिका लगाउँदै हुनुहुन्थ्यो ।
हामी दिदीबहिनी हजारी, मखमली, सयपत्री, गोदावरी फुलहरु गासेर राखिएका मालाहरु बाडँफाडँ गर्दै थियौं । दिदीलाई मैले जिद्धि गर्दै थिए, ठुलो थुङ्गाले उनीएको माला मैले लगाउन पाउनु पर्छ । कान्छि बहिनी सानै थिई । म र दिदी मालाको हिसाव गर्दै थियौं, मेरो रोजाईको माला फुपुले सुटुक्कै लिएर बाबालाई लगाईदिनु भएछ ।
अनी दिदीबहिनीको पालो आयो । भाई नहुँदा तीन बहिनी–बहिनीबीच टीका लगाएर निधार रंगाइयौं । विशेषत तिहार भाइ र बैनीबीच टिकाटालो गरि मनाउँने गरिन्छ । तर, घरमा अंकल, फूपुको छोराहरु पनि नभएकाले दिदी र बैनीले नै टीका लगानुपर्ने बाध्यता जो हामीमा थियो । टिका लगाइँयो जे जस्तो भएपनि दिदीबहिनीबीच ।
निधारको टीका ओभाउन पाएकै थिएन । पिङ्ग खेल्न दिदी र म पिपलचौतारा तिर हिड्यौं । जादै गर्दा डाँडाघरे बज्यैले भन्नुभयो, ए तिमीहरुले टीका त लाईछौं बा कस्ले लगाइदियो ?
दिदीले जवाफ फर्काउनु भो, अं, मैले यसलाई लगाइदिए, यसले बहिनीलाई लगाइदिइ ।
बज्यैः अब भाई छैनन् त क्याछौं ? हाम्रा माईलाका छोरै छोरा छन् !
बज्यको यस्तो कुराले दिदीलाई च्वास्सै घोचेछ । दिदी फुरुक्क फर्केर रुदैँ घर आउनु भो । म पनि पछि–पछि दौडिदै घर आए ।
ममी भाडा माझ्दै हुनुहुन्थ्यो । दिदी रुदैँ गएको देख्नु भए छ ।
ममी : ए किन रोइछस् ? कस्ले के ग¥यो ?
दिदी : एक छिन् धुरुधुरु रोईराख्नु भो ।
ममी : ए कस्ले के ग¥यो भन त ?
दिदी : ममी हाम्रो भाइ कहिले हुन्छ ?
ममीको आँखाभरी आशु टिलविलाउन थाल्यो । समाजले छोरा नभइ तीन छोरीको जन्म दिएकी भनेर गरेका बचनले ममी पनि भक्कानिनु भयो । तिहारको दिन सबै तिर खुसी हुदाँपनि घरपरिवारको मन खुसी हुन सकेन । कारण छोरो नहुँदाको पीर बाबा ममीलाई थियो भने भाइ नहुदाँको अभाव हामी तीन बहिनीलाई । त्यो तिहारले हामीलाई सधैका लागि अविश्मरणीय क्षण बनायो ।
सायद यस्तो तिहार त्यसअघिका वर्षमा पनि भएका थिएनन् । साघुँरो सोच र चिन्तनका कारण धमिलिएको समाजमा हुर्किएको मेरो परिवारलाई पनि छोराको आवश्यकता हुनु स्वभाविकै थियो । छोरा नै चाहिँदैन भन्ने धारणा समाजमा भइदिएको भए सायद तेस्रो सन्तानको रुपमा बहिनीको जन्म निश्चित थिएन की ?
एक वर्ष बित्यो । भाइको पनि जन्म भयो । पारिवारिक खुसी र समाजले छोरो नहँुदा दिएका पीडा भुलाउन धुमधामका साथ छैटी र न्वारन गरियो । आफन्त, ईष्टमित्र, साथीभाई सबैले देख्न पाए हाम्रो भाइलाई । सबैका लागि खुसीका दिन शुरु भए । भाईको जन्मसँगै तिहार आउन १५ दिन बाँकी थिए ।
आँगनीको डिलैमा मुस्कान छर्दै मुस्काइरहेका मखमली, सयपत्री, हजारी फुललाई सधै हेरिरहन्थे । कहिले तिहार आउला, र सयपत्री फूल एकै धागोमा गाँसेर माला उनेर भाइको घाटीमा पहिराउला झै लाग्थ्यो । तीन बहिनी पछि जन्मेको मेरो भाइ भाइटीकाको दिन जम्मै १५ दिनको पुने थियो ।
परिवारमा खुसी त्यसैदिनदेखि छाएको थियो जुन दिन प्यारो भाइले हाम्रो सामिप्यमा जन्म लिइ धर्तिमा पाईला टेकेको थियो । बाबा खुसी हँुदै अब छोरीहरुको बाउ त थिए-थिए छोराको बाउ नि भइयो भन्दै लोकल भालेको मासु भुट्दै हुनुहुथ्यो । बहिनी र म खूसी हुँदै दिदीलाई भन्थिम् दिदी-दिदी अब त हामीलाई केही भन्न पाउन्नन है ।
अहिले त हाम्रो भाइ जन्मिएको छ हामी बहिनी बहिनीले टीका लाउन पर्दैन । दिदीको पनि खुसीले खूट्टा भूइ मै थिएन । आँगन भरी सुकाएका कोदोको बाला र भटमास उठाउदैं गर्दा कति छिट्टै काम सकेका थियौं, खुसीले पत्तै भएन् ।
लक्ष्मी पूजाको दिन खुसीका साथ पूजा गरियौँ । तिहारको अघिल्लो दिनको दिन सबै फूपुहरु जम्मा भएर सेलरोटीह हाल्नु भो । हामी दिदीबहिनीले पनि खुसी हुँदै आँगनमा फूलेका ढकमक्क फूललाई नाङला भरी टिपेर माला तयार पा¥यौ । हो, त्यही थियो । हामी दिदीबहिनीको खास भाइटीका ।
(लेखक : काँक्रेविहार दैनिकमा आवद्ध छन् ।)
प्रतिक्रिया दिनुहोस्