मंसिर १२, २०८१ बुधबार

प्रकाश भाइले मृत्युशैयाबाट भने:मैले जीवन बाच्न नपाउँदै मलाइ जीवनले छोड्यो दिदी!



prakash

काठमाडौ- दुनिया बिचित्रको छ यहां बाचुन्जेल गाली र मरे पछि ताली पाउने अचम्मको संस्कार बसेको छ । बांचेका हरेक पलहरुलाई बिरोध,आलोचना र गालीले शान्त नहुने बनाइन्छ जव मृत्यु हुन्छ त्यो गाली तालीमा बदलिन्छ ।

राम्रो गरेको ताली , शोकको ताली । मलाई अचम्म लाग्यो ताली त ताली नै हो सायद यो जीवन छदै बजेको भए कमसेकम जीवनले रगं त भर्ने थियो । कमजोरी र गल्ती नगर्नेहरु कति होलान समाजमा ?  जे होस त्यसलाई सच्याएर जीवन अगाडि बढाउने अवसर पाउनु मान्छेको अधिकार पनि हो र त्यसलाई अवसर प्रदान गर्नु समाजको दायित्व पनि त हो ।

तर यहां त अनेक बहानामा अनेक किस्सा संग जोडेर मानिसलाई बांच्नै अप्ठ्यारो हुने परिस्थिति खडा गरिन्छ । जव समाप्त पारिन्छ अनि प्रसंसा गाइन्छ । साच्चै यो न्याय होला जो कसैको लागि पनि । प्रकाश दाहाल अनेक टिकाटिप्पणीले सार्वजनिक संजाल भरिएको यौटा जवान मान्छे । सिंगो जीवन बांच्न भर्खर शुरु गरेको छत्तिस टेकेको केटा ।

दुइ साना चिचिला वालकको बाबु । श्रीमतीको श्रीमान अनि बाबु आमाको भरोसाको केन्द्र । थुप्रै साथी भाइको प्रीय साथी । कसैको मामा,कसैको काका,कसैको भाइ, कसैको ज्वाइ, कसैको पुसाजु । समाजका अनेक नाताहरु गासेको यौटा मान्छे । सायद यहि पहिचान हुन्छ एक जना मान्छेको समाजमा ।

त्यसपछि मात्र अरु सार्वजनिक पद प्रतिष्ठा संग जोडिएका सवालहरु संग सरोकार राख्छ जो कसैले पनि । तर यहां उ यौटा फरक मान्छे भन्दा पनि प्रचण्डको छोरा मात्र भनेर चिनियो । भन्न त आज मान्छेहरुले उसको गैर उपस्थितिमा जे भने पनि हुन्छ जति प्रसंसा गाए पनि हुन्छ ।

जति गाली गरे पनि हुन्छ । तर जतिबेला उ जिवित थियो याही सामाजमा आफ्नो पहिचान बनाउन अनेक संघर्ष गरिरहेको थियो त्यतिबेला उसलाई उसंग छुटाउनै नमिल्ने संवन्धसंग गांसेर अनेक प्रहार गरियो ।

मान्छेले आफै के गर्यो भन्दा पनि उसलाई परिवेसले कस्ता कस्ता चुनौतिहरु फेस गर्न सिकायो यो पनि त महत्वपुर्ण हुन्छ तर उसलाई छुट्टै प्रकाश दाहाल भनेर बांच्नै दिइएन । उ समाजको अरु नागरिक जस्तै बन्नै पाएन ।

हो प्रकाश दाहाल बाट जानेर नजानेर कतिपय कमजोरी भएका छन ति कमजोरीलाई सच्याएर जीवन ब्यवस्थापन गर्ने बातावरण कुन दिन मिल्यो र? कस्ले सिकायो सार्वजनिक सन्जालबाट प्रकाश तिमी यसो गर्दा ठिक हुन्छ भनेर ।

नेताकै छोरो भएको कारण जहां जहां ठोकियो त्यहि रगतका टाटाहरु पुच्दै उस्ले जीवन जिउन सिक्यो ,जस्ले जे सिकाए यो समाजको सिक उस्ले पनि सिक्यो । अनेक स्वार्थसंग गांसेर अनेकलाई प्रयोग गर्ने यो समाजमा उ पनि समाजकै मान्छे बन्यो । तर त्यसलाई पनि संवन्ध संगै गांसेर उ माथि प्रहार भैरयो ।

सांच्चै समाजको यो अस्वस्थ प्रतिस्प्रधामा उ न हारेको थियो नत उस्ले जीतेकै थियो । सिंगो जीवन बाकीं थियो, अनेक परिक्षाहरु दिन उ तयार थियो । यौटा नेताको छोरा भएकै कारण न उसको इमान्दारितालाई सहि मुल्यांकन गरिन्थ्यो न उस्ले गरेको गल्तीलाई ।

parksh 1

हरेक राम्रा नराम्रा कामलाई उसको संवन्धको लेपन लगाएर हेरिन्थ्यो न उसले त्यसलाई बदल्न सक्थ्यो न फेर्न । नेता नेताका छोराछोरीलाई लिएर हुने यस्ता अनेक टीकाटिप्पणीले प्रकाशलाई सायद कमजोर बनाइसकेका थिए ।

उ पनि त यही समाजको मान्छे हो कति नै उमेर भएको थियो र ?  तर उसलाई अनेक उल्झनमा उल्झाइएको थियो ।  भर्खरै जीवन सिक्ने उमेरमा यौटा नेताको छोरो भएकै कारण उस्ले अनेक जीवन बांचेको थियो । आज उ आफ्नै मृत्युशैया भित्रबाट धिक्कार गरिरहेको थियो ति मान्छेहरुलाई जस्ले उस्कै मृत्यु अगाडि नाटक मंचन गरिरहेका थिए ।

अनेक स्वार्थका सिक्काहरु पल्टाउदै प्रकाशलाई निभ्न बाध्य बनाउनेहरुको अगाडि उ लाचार बनेर पल्टीरहेको थियो । सायद जीवन अनेक खन्डालहरुको संगम रहेछ । बाउले राजनिती गर्छु भनेर जनताको मुक्तिको लागि मास्टरको जागिर छोडेर बन्दुक बोक्न हिंडदा उ कतिनै बर्षको हुंदो हो ।

देश बदल्न हिडेका बाबुको कतिखेर मृत्यु हुन सक्थ्यो उसलाई के थाहा थियो र ?  साच्चै जीवन जीउने अभिलाषामै आमाका औला समाएर सुरक्षित सेल्टर खोज्दै हिंड्दा उ कति ठांउमा लडेहोला ?  कति दर्दनाक यात्राहरु छन जीवनका तर त्यता समाज जानै चांहादैन ।

आज उस्को समय नै नरहेको बेला उस्लाई अनेक कुराले पुल्क्याउनुको सायद उस्ले अर्थ मानेन । त्यसैले सेतो फुल लिएर अपत्यारिलो प्रकाश हेर्न खोजेकी मलाइ, भन्दै थियो यो समाजको नियति हो दि । यहां मान्छे बनेर बांच्न निकै कठिन हुने रैछ ।

अझ हामी र हाम्रो संवन्धलाई लिएर यहां उकुुस मुकुस गराएर सास फेर्न अप्ठ्यारो पारिन्छ । मैले जीवन बाच्न नपाउदै मलाइ जीवनले छोड्यो दि। संवन्धको जगमा टेकेर बिरोध गर्दै आफ्ना स्वार्थ पुरा गर्न खोज्नेहरुसंग तपाईहरु लड्दै जानुहोला मैले महशुस गरें । आंशु झार्दै फुल चढाउदा न मैले पत्याउनै सके न उतिर हेर्ननै सकें ।