मंसिर १२, २०८१ बुधबार

सेतो बश्त्रमा चुनावी अभियानमा प्रकाशपत्नी सिर्जना



sirjana 1

काठमाडौ-पतिशोकमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि जेठी बुहारी सिर्जना त्रिपाठी कास्कीको चुनावी अभियानमा सक्रिय हुन थालेकी छन्।

शनिबार वामगठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरामा आयोजित सभाको मञ्चमापनि देखिइन्।त्रिपाठी एमाले नेतृ सीता गिरीसँगै मञ्चको दोस्रो लहरमा राखिएको सोफामा बसेकी थिइन्।

उनले सेतो पृष्ठभूमिमा नीलो बुट्टा भएको कुर्ता सुरुवाल र सेतो स्वीटर लगाएकी थिइन्।मञ्चमा जानुअघि सिर्जनाले एमाले–माओवादी केन्द्रका स्थानीय नेताहरुसँग कुराकानी गरेकी थिइन्।

त्यसक्रममा उनले पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङसँग पनि कुराकानी गरिन्। गुरुङ राष्ट्रपति विद्या भण्डारीकी मितिनी पनि हुन्।सँगै रहेका माओवादी कार्यकर्ता बिपीन आचार्यका अनुसार सिर्जनाले पोखराको विकास निर्माणबारे चासो राखेकी थिइन्।

s

त्रिपाठीले सोधेकी थिइन्, ‘पोखराको विकास निर्माणका लागि राम्रैसँग काम गरिरहनु भएको छ नि’ त्रिपाठीले भनेकी थिइन्।

आफूसँग भेट भएपछि उपमेयर गुरुङले सिर्जनाप्रति समवेदना प्रकट गरेकी थिइन्। चुनावी अभियानमा शुक्रबारमात्र पोखरा आइपुगेकी सिर्जना कास्की–३ को चुनाव प्रचार अभियानमा छिन्।

parsidda

यो क्षेत्रमा वामगठबन्धनको तर्फबाट एमालेका जगत बिश्वकर्मा प्रतिनिधि सभा उम्मेदवार छन्। प्रकाशका सिर्जनातर्फका जेठा छोरा प्रसिद्ध भने शनिबार हजुरबुबा प्रचण्डसँगै चितवनका चुनावी घरदैलोमा देखिएका थिए। सिर्जनाको माइती गाउँ ह्याङ्जा यसै क्षेत्रको प्रदेश सभा ‘क’ हेम्जामा पर्छ, जहाँ माओवादी केन्द्रका रामजीप्रसाद बराल माओवादी केन्द्रका उम्मेदवार छन्।नेपालखबरबाट