मंसिर १४, २०८१ शुक्रबार

फस्ट लेडी आरुजु स्टाइल- चुनाव हारेपनि मतदातासंगै ब्यस्त



कैलाली-अधिकांश नेताहरु चुनाबमा पराजित भएपछि निर्वाचन लडेको क्षेत्र छोडेर भागीहाल्छन । उस्तैपरे अर्को चुनाबमा उम्मेद्वार हुन बाहेक गाउँ फर्किदैनन ।

तर आरजु भने चुनाब हारेपछि अझ बढी निर्वाचन क्षेत्रमा व्यस्त देखिएकी हुन् । चुनाब जितेका र चुनाबमा पराजित भएका अधिकांश नेताहरु राजधानी फर्किसकेका छन तर उनी भने आफ्नै चुनाबी क्षेत्रमा मतदाता र कार्यकर्ता संगको भेटघाटमै व्यस्त छिन । उनी चुनाबमा पराजित भएपनि कत्ति विचलित छैनन् भन्ने कुरा उनको अनुहारमा प्रस्ट देख्न सकिन्छ ।

 

कैलाली–५ मा अप्रत्यासित हार बेहोरेकी डाक्टर आरजु राणा देउवा यतिबेला मतदातालाई धन्यवाद दिनका लागि गाउँ गाउँ पुगेकी छन्। र, गाउँगाउँमा कार्यकर्ताका साथ मतदाता भेला गरेर उनले धन्यवाद दिएकी छन्।

मंगलबार पनि उनी मतदाताहरु समक्ष पुगेर पराजित भएपनि आफूलाई मत दिएकोमा धन्यवाद दिइन्। यससम्बन्धी जानकारी उनले आफ्नो फेसबुकमार्फत् दिएकी छन्।

मंगलबार राति उनले लेखेको फेसबुक स्टाटसमा आफैले आफैलाई तपाईं शब्दको प्रयोग गरिएको छ। जस्तो कि, उनको स्टाटसमा भनिएको छ, ‘कैलाली ५ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसकी उम्मेदवार डा आरजु राणा देउवा मतदातालाई धन्यवाद दिन गाँउगाँउमा जानुभएको छ।

 

टोलटोलमा सभाको आयोजना गर्दै आरजुले मतदातालाई धन्यवाद दिइरहनुभएको छ।’