मंसिर १४, २०८१ शुक्रबार

विश्वकै राम्री पुलिस अफिसर, जसका प्रशंसकहरु उनीबाट गिरफ्तार हुन जानीजानी गल्ती गर्छन



एजेन्सी – जर्मनकी विश्वमै सुन्दर महिला पुलिस अधिकारी एड्रिएन कोलेसजरलाई पुलिसको जागिर र मोडलिङ सँगसँगै नगर्न विभागले चेतावनी दिएको छ ।

हट तस्बिरका कारण सामाजिक सञ्जालमा अत्यधिक चर्चामा रहेकी कोले सजरलाई एक पुलिस अधिकारी भएर मोडलको जसरी तस्बिर शेयर नगर्न सुझाव दिदैँ सूचना पठाएको हो ।

यस वर्षको शुरुवातीमा ६ महिनाको छुट्टीमा रहेकी कोलेसजरलाई काममा फर्किदा मोडल होइन पुलिस अधिकारी भएर फर्कन पनि सुझाव दिएको छ ।

कालेसजरले डेलीमेललाई बताएकी छिन् कि प्रहरी विभागलाई उनको तस्बिरसँग कुनै समस्या नभएको तर विभागमा कर्मचारीको अभावक कारण उनलाई नोकरीमा फर्किन सुझाइएको हो ।

उनी आफ्नो सुगठित शरीरप्रति निकै गर्व महसुष गर्छिन् । उनी सामाजिक सञ्जालमा तस्बिरहरु शेयर गरिरहन्छिन् जसका कारण उनका फलोअर्सको संख्या पनि उच्च रहेको छ । त्यतिमात्र होइन प्रशंसकहरु सानातिना गल्ती र अपराध गरेरै उनको हातबाट गिरफ्तार हुन चाहेको पनि प्रतिक्रिया जनाउँन थालेका छन् । त्यसैले उनलाई तस्बिर शेयर नगर्न प्रहरी विभागले सल्लाह दिएको हो ।

उनी फिटनेसको पारखी हुन् । उनी ड्युटी सकेपछि पाँच दिनसम्म जिममा कडा मेहेनत गर्छिन् । १.७३ मिटर अग्ली एड्रिन आफ्नो फिगर कामको लागि पनि महत्वपूर्ण भएको बताउँछिन् । र सामाजिक सञ्जालमा जोडिरहन पनि रुचाउँछिन् । उनको इन्स्टाग्राममा ९५००० फलोअर्स रहेका छन् । उनी २०१५ मा बडीबिल्डीङ डब्ल्युएममा सहभागी पनि भइसकेकी छिन् ।