काठमाडौं – कलाकार विष्णु माझी र उनका श्रीमान शुन्दरमणी अधिकारी आईतबार स्याङजा प्रहरीकहाँ पुगेका छन् । प्रहरीसंग कुरा हुँदा शुन्दरमणी अधिकारी झर्केर बोलेका थिए भने विष्णु माझीले मास्क खोल्न मानेकी थिईनन् । तर प्रहरीले आग्रह गरेपछि भने उनले मास्क खोलेकी थिईन् । छलफलमा आफू गाउँले भएको कारण बोल्न नजान्ने बताईन भने आफ्नो केही उदेश्य भएकोले त्यो उदेश्य पूरा भएपछि सार्वजनिक हुने बताईन् ।
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको कार्यकक्षमा के छलफल भयो ? स्याङजाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) राजकुमार लम्सालसंग नारीखबरले कुराकानी गरेको छ । उनीहरुका बिषयमा एसपी लम्सालले दिएको जानकारी :
विष्णु माझीको अवस्था नै थाहा नभएको भनेर मिडियामा आएपछि सिडिओ सापले बुधबार-बिहीबार यस्तो आयो कसरी कुरा खोज्ने भनेर कुरा गर्नुभयो ।
अनि उहाँका श्रीमानको नम्बर पत्ता लगाएर खबर पठाईयो तर कल गरेनन् । अनि मैले आफै कल गरेँ । तपाइँ कलाकार हो । देशको गहना हो । उहाँको बारेमा जान्न पाउने नागरीकको अधिकार हो, उहाँलाई ल्याउने हो भने ल्याउनुस हैन भने काठमाडौमै फेस गर्ने हो भनेपनि त्यहि गर्नुपर्यो भनेँ ।
अहिले त मेरो अलि काम छ भन्ने कुरा गर्नुभयो । त्यसपछि आईतबार के हुन्छ ? भनेपछि आईतबार आउँछु भन्नुभयो । मैले उहाँहरु आउने भनेपछि उहाँको बुबाआमा र दाजुभाईलाई पनि बोलाएको थिएँ ।
उहाँहरु बिहान ११ बजेतिर यहाँ आएपछि त्यसपछि सिडियो सापकहाँ गयौँ । पहिला त विष्णु जी, ले मास्क लगाएउनु भएको थियो,कुरा गर्नै मान्नुभएन । मास्क पनि खोल्न मान्नुभएन ।
तर तपाईं हो कि हैन विष्णु माझी भनेपछि हामीले त चिन्नु पर्यो भनेपछि निकाल्नुभयो । सुन्दरमणी जि चर्को-चर्को बोलिरहनुभएको थियो ।
हैन तपाईँ कुनै अपराधमा यहाँ बोलाएको होईन, आफ्नो कुरा गर्नुस । तपाईँका श्रोता- दर्शकको चाँसो छ भनेपछि राम्रो संग कुरा भयो ।
परीवारसंग सोध्दा आमाले अस्ती भर्खर भदौमा गएर आएको हो, हामीलाई सहयोग गर्ने त उहाँहरु नै हो भन्ने कुरा भयो । दाजुले पनि फोनमा कुरा भईरहेको कुरा भयो । बाबुको चाहिँ समस्या रहेछ । बुबाले यहाँ कुरा त राम्रै गरीरहनुभएको थियो तर उहाँहरुले अलि स्वास्थ्यको समस्या छ भन्नुभयो ।
त्यसपछि लौ है विष्णु जी केही छ भने बोल्नुस भनेपछि उहाँले हैन सर म गाउँले मान्छे बोल्न जान्दिन भन्नुभयो । तर हामी सबै गाउँले परीबेशकै मान्छे हो अप्ठ्यारो मान्नु हुँदैन, तपाईँ प्रेस मिट गर्नुस् भनेको – ‘हैन सर हाम्रो एउटा एम छ, त्यो एम पूरा भएपछि मिडियामा आउँछौँ’ भन्ने कुरा भयो ।
दर्शकश्रोता र मिडियालाई तपाइँले चाँसो दिनुभएकोमा धन्यवाद भन्नुस्, यहिँ मिडियाकर्मी पनि जम्मा हुनुभएको छ भन्दा ‘हैन हाम्रो उद्धेस्य पूरा नभएसम्म गर्देनौँ भन्नुभयो ।
कुराकानीको क्रममा २ वटा बच्चा छन्, हेरचाह गर्न आजै काठमाडौ जानुपर्छ भनेर हिँड्नुभयो ।
प्रतिक्रिया दिनुहोस्