काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको तयारीस्वरुप भारतमा आगामी महिना चार देश सहभागी हुने प्रतियोगिता आयोजना हुने भएको छ।
भारतको भुवनेश्वरमा फेब्रुअरी ७ देखि १७ तारिखसम्म आयोजना हुने प्रतियोगिता नेपाल र भारतसहित श्रीलंका र म्यानमारका राष्ट्रिय टोली सहभागी हुने छन्। आगामी महिला साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दै छ। उक्त प्रतियोगिता मार्च १२ तारिखदेखि विराटनगरमा सुरु हुँदै छ।
महिला साफ च्याम्पियनसिपको समूहगत चरणमा नेपालले बंगलादेश, भुटान र पाकिस्तानको सामना गर्ने छ। नेपाल अहिलेसम्म साफ च्याम्पियन बन्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्