काठमाडौ-गुल्मीको पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको रेसुङ्गा डाँडामा शनिबार बाक्लो हिउँ पर्यो । एक फिटसम्म हिउँ जम्मा भएको छ ।
रेसुङ्गामा रहेका मन्दिर,र अन्य भौतिक संरचनाहरुका साथै बाटो र रुखका बुट्यानहरु समेत हिउँले सेताम्मे भएका थिए । हिउँ परेसँगै आन्तरिक पर्यटकको घुइचो लागेको छ । सदरमुकाम तम्घासदेखी हिउँ खेल्न पुगेका सर्वसाधरणले हिउँको डल्ला बनाएर कुदिरहेकादेखि हिउँको डल्लाले हानाहान गरेर रमाइरहकाहरु देखिन्थे ।
प्रतिक्रिया दिनुहोस्