धरान – छिप्पिँदै गरेको रात, चिसिँदै गरेको मौसम । तर मानेभञ्ज्याङ्गको माहोल भने तात्दै छ, तामाङसेलोको रमाइलोले । महिलाहरुलाई पाहुनाको स्वागत गर्न भ्याईनभ्याई छ, फूलमाला र तामाङ परीकारले । कोही नाच्दै छन् छमछमी, कोही खाने सुरसारमा छन् ।
एक दिनको रमाईलोमात्र होइन, त्यहाँ पुग्ने जो कोहीलाई पनि पाहुनाहरु यसरी नै स्वागत गर्छन । धरानको मंगलबारे चोकबाट १० किमि यात्रा गर्नुपर्छ मानेभञ्ज्याङ्ग पुग्न ।
देशभर पर्यटन वर्ष २०२० को चहलपहल बढ्दो छ । यता गाउँमा होमस्टेको चासो उर्लदो छ । मानेभन्ज्याङका महिलाहरुले समूह बनाएका छन् । होमस्टे सञ्चालनमा तातिएका छन् । समूहमा आबद्ध प्रायः सबै बुहारीहरु हुन् ।
सासुससुरा र श्रीमान्ले काँध थापेका छन् । महिलाहरु हौसिएका छन् । पर्यटकलाई स्वागत गर्न आतुर देखिन्छन् । अहिले नौं घर तयार छ । एक पटकमा करिब ३५ जना अटाउन सकिन्छ । यहाँ पर्यटनको दियो बल्न सुरु भएको छ ।
बिहान चियाको चुस्की लगाउँदै धरान बजार नियाल्न सकिन्छ । मर्निङ वाक गर्दै धार्मिक आस्था भएका पाहुनाहरुलाई विष्णुपादुका मन्दिर दर्शनका लागि लगिन्छ ।
डाँडाबजारका कृष्ण ब्लोनको माध्यमबाट करिब २ वर्षअघि भारतीय दुइ नागरिक गाउँ पुगेका रहेछन् । भारतीयले गाउँको अवलोकन गरे । होमस्टे सञ्चालनका लागि सुझाए । गाउँले तातिए ।
समूह गठन गरे । होमस्टे भएका केही गाउँहरु भ्रमण गर्न पनि भ्याइसकेका छन् । मानेभन्ज्याङका लागि नयाँ कार्य । सुरुवात कसरी गर्ने अन्यौल थियो । धरान पर्यटन विकास समितिले आफ्नो क्षेत्रको ग्रामीण भेगलाई पर्यटनमा संलग्न गराउने लक्ष्य छ ।
होमस्टेका स्थानीय स्थानको आकर्षण र गतिबिधि मुख्य पाटो हो । कोकाहा होमस्टेको आकर्षण र गतिबिधीको रुपमा कुरा गर्दा स्थानीय खानपान, सिस्नोको साथमा लोकल मदिरा पान गराउँन सकिने महिलाहरुले बताए ।
पाहुनाका लागि ती चिज नयाँ हुन्छ । अहिले उनीहरु गाउँ आउने पर्यटकलाई अर्गानिक खानपानको स्वाद दिन खोज गरिरहेका छन् । स्थानीय वस्तुको अधिकतम प्रयोग नै होमस्टेको मुख्य उद्देश्य हो ।
जसले गाउँमै रोजगारीको सिर्जना गराउदछ । कम पुुँजी भएकाले पनि पर्यटन व्यवसायमा सहभागिता जनाउने अवसर हो । आर्थिक र सामाजिक महत्व फिँजिने माध्यम पनि हो । यसले संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्दछ ।
एकआपसमा भाइचारा सम्बन्धको विकास हुन्छ । होमस्टे संस्कार संस्कृति सिक्ने पाठशाला पनि हो । समूहमा ९ जना महिला आबद्ध छन् । समूहकी अध्यक्ष जुनमति तामाङ हुन् । उनको सासु फूलमाया तामाङले समूहलाई भरपूर सहयोग गरेकी छिन् ।
फूलमाया २० नं. वडा सदस्य पनि हुन् । समूहले पाहुनाको संख्या हेरेर बाँडफाँड गरी आफ्नो भागका पाहुनालाई आ–आफ्नो घरमा लैजान्छन् । साँस्कृतिक गतिविधिमा रम्ने पाहुनाका इच्छानुसार सामूहिक सँस्कृति प्रस्तुत गरिन्छ ।
विभिन्न सभा सम्मेलनमा सहभागी हुँदा होमस्टेको विषयमा सुनेपछि गाउँमा बुहारीहरुलाई साथ दिएकी रहिछन् । गाउँ आउने पाहुनालाई बेलुका तामाङ संस्कृति पस्किने चाँजो मिलाएका छन् । बिहान चियाको चुस्की लगाउँदै धरान बजार नियाल्न सकिन्छ ।
मर्निङ वाक गर्दै धार्मिक आस्था भएका पाहुनाहरुलाई विष्णुपादुका मन्दिर दर्शनका लागि लगिन्छ । गाउँमा गुम्बा बन्ने योजनामा छ । दुइ रातभन्दा बढी बस्ने पर्यटकलाई थप चिण्डेडाँडा, व्रिटिस पार्क घुमाउन लैजान्छन् ।
गाउले परिवेशमा रम्न चाहने पाहुनाका लागि उनीहरुले गाउँका गतिबिधि देखाउने सोच बनाएका छन् । दाउरा बालेर चुल्होमा खाना पकाएको, जाँतोमा अन्न पिसेको, लोकल मदिरा बनाएको, सुँगुरलाई चारो हालेको, गाइ दुहेको, गोरु जोतेको, बाख्रा चराउन लैजाने, घाँस काट्ने, खेतबारीमा बालीनाली रोप्ने वा गोडमेल गराउँने किसिमका समायानुकुलका क्रियाकलाप गराइन्छ । गाउँमा होमस्टे सञ्चालकहरु नयाँ–नयाँ खोजको प्रयासमा लागि परिरहेका छन् ।
सूचना गरेर आएका पाहुनालाई स्वागत गरिन्छ । टिका र फूलको गुच्छाले । चिया ख्वाएर होमस्टेको विषयमा जानकारी गराइन्छ । होमस्टे समुदायले आफ्ना केही आचारसंहिता बनाएका छन् । त्यसको विषयमा पनि सूसुचित गरिन्छ ।
समूहले पाहुनाको संख्या हेरेर बाँडफाँड गरी आफ्नो भागका पाहुनालाई आ–आफ्नो घरमा लैजान्छन् । साँस्कृतिक गतिविधिमा रम्ने पाहुनाका इच्छानुसार सामूहिक सँस्कृति प्रस्तुत गरिन्छ । होमस्टेमा आएका पाहुनालाई भान्साकोठामै राखेर स्थानीय खाना ख्वाइने व्यवस्था गरिएको छ ।
यसले फरक स्थानका व्यक्तिहरुबीचमा परस्पर सम्बन्धको विकास हुन्छ । भिन्न स्थानको चालचलन र रहनसहनका विषयमा ज्ञान प्राप्त हुन्छ । शुल्क तिरेर एकदिन बस्न मात्र आएको पर्यटक हुन् भन्ने भावना कम हुन्छ । आत्मियताको विकास हुन्छ । जसबाट होमस्टेको अर्थ पूरा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्