गुल्मी-पछिल्लो समय नेपालमा जन्मदिन र वैवाहिक बर्षगाँठ अनावश्यक तडक भडक गरेर मनाउने प्रचलन बढ्दै गइरहको छ । तर गुल्मीकी एक महिला उद्यमी निर्मला केसीले भने नातिनीको जन्मदिनको अवसर पारेर पहिरो पिडितलाई राहत वितरण गरेकी छन् ।
गुल्मी उद्योग वाणिज्य संघकी सदस्य तथा नेपाल महिला संघ रेसुङ्गा नगर समितिकी कोषाध्यक्ष समेत रहेकी केसीले विपी स्मृती दिवसको अवसरमा रेसुङ्गा नगरपालिकाका पहिरो पिडितलाई राहत वितरण गरेको बताइन् ।
उनले आफ्नाी नातीनी सिएम श्री केसीको जन्मदिनको अवसरमा राहतस्वरुप १६ बोरा चामल हस्तान्तरण गरेकी हुन् । केसीले अनावश्यक तडक भडक गरेर जन्मदिन मनाउनु भन्दा त्यो रकम गरीब दुखीका लागि सहयोग गर्न सके राम्रो हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्