काठमाडाैं । नेपालमा हालसम्म २२ जना महिलाको कारोना भाइरस (काेभिड-१९) का कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका कारोना भाइरसका कारण नेपालभित्र मृत्युहुने ९९ जना मध्ये २२ जना महिला रहेका हुन् ।
त्यसमध्ये सबैभन्दा धेरै महिला प्रदेश २ मा रहेका छन् । प्रदेश २ मा ४२ जना मृतकमध्ये ११ जना महिलाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
बाग्मती प्रदेशमा १८ मध्ये ५ जना, प्रदेश ५ मा १२ मध्ये ३ र कर्णालीमा ८ मध्ये ३ जनाको मृत्यु भएको हो ।
प्रदेश १, गण्डकी र सुदुरपश्चिममा भने कोरोना भाइरसका कारण कुनै पनि महिलाले ज्यान गुमाएका छैनन् ।
नेपालमा गत जेठ ३ गते पहिलोपटक कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको निधन भएको थियो ।
न्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी उनको सुत्केरी भएको ९ दिनको दिनमा स्वास प्रस्वासमा समस्या आएपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा निधन भएको थियो ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा २४ वैशाखमा बच्चा जन्माएकी उनी २५ गते आफ्नो घर सिन्धुपाल्चोक गएकी थिइन । उनी नै नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हन् ।
प्रतिक्रिया दिनुहोस्