मंसिर १३, २०८१ बिहीबार

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु



बुटवल । नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोखरेलले बताए ।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएकी उनी भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ५ वटा आइसियू बेड रहेको भीम अस्पतालमा ४ जना आइसियुमा उपचाररत छन् । अन्य १७ जना आइसोलेसन बेडमा छन् ।

भीम अस्पतालमा यसअघि गैडहवा गाउँपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।