ग्लोबल आइएमइ बैंकले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ।
बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा उक्त सेवा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकको यो सेवा संख्या २२२ पुगेको छ।
बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं। ४ थाडमा खोलिएको यो सेवाको प्रतिनिधिमा स्थानीय प्रेम सिंह महरा नियुक्त भएका छन्।
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं। १० खराङमा सुरु गरिएको बैंकिङ्ग सेवाको प्रतिनिधिमा स्थानीय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ।
यसबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले बैंकिङ्ग सेवा लिनसक्ने बैंकले बताएको छ।
शाखारहित बैंकिङ्गबाट खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउन्टर, २२२ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिर सम्पर्क कार्यालय मार्फत सेवा दिदैं आएको छ।
प्रतिक्रिया दिनुहोस्