केही दिन पहिले गृह जिल्ला कञ्चनपुर पुगेकी सांसद निरु पाललाई कोरोना भाइरस सक्रमण देखिएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । घर गएकी पालले स्वास्थ्यमा समस्या देखिएपछि कोरोना भाइरस सक्रमणको शंका लागेर स्वाव दिएकी थिइन् ।
बुधबार कोरोना भाइरस पोजेटिभ देखिएपछि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो। संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापती समेत रहेकी पाललाई श्वासप्रश्वासमा समस्या देखिएपछिअस्पतालमा भर्ना गरिएको थियो।
निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामी समेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रवार काठमाडौं ल्याइएको हो । उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए।
पालको स्वास्थ्य अवस्था विहीबारकोे तुलनामा शुक्रबार सुधार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्