काठमाडौँ– गत ६ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।
उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् ।
साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्