काठमाडौ । विश्व व्यापार संगठन (डब्लूटीओ)को प्रमुखमा पहिलो पटक अश्वेत महिलाले समर्थन पाएकी छन् ।
बुधबार डब्लुटीओको १६४ सदस्यीय समितिबाट नाइजेरियाका पूर्व वित्तमन्त्री न्गोजी ओकोन्जो इविलाले महानिर्देशक पदका लागि समर्थन पाएकी हुन् ।
अमेरिका भने उक्त फरक कित्तामा उभिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यु म्युङ हीलाई डब्लुटीओको प्रमुखको रूपमा नेतृत्व दिनुपर्ने अडान लिएको छ ।
नाइजेरियाकी इविलाले बहुमत सदस्यको समर्थन पाएपनि डब्लुटीओको महानिर्देशक चुन्न चार महिना पूरा गरेर गरिएको छनौट प्रक्रियाले पूर्णता भने पाएन ।
डब्लुटीओले जारी गरेको विज्ञप्तिमा अमेरिकाको व्यापार प्रतिनिधिले डब्लुटीओको नेतृत्व विशेष सिप भएको व्यक्तिले गर्नुपर्ने जनाएको उल्लेख छ ।
डब्ल्यूटीओले सहमतिबाट यसको निर्देशक चयन गर्ने र सबै १६४ सदस्यहरूले उम्मेद्वारलाई अनुमोदन गर्नु पर्ने आदर्श रहेको छ । तर त्यसमा अमेरिकाको समर्थन रहेन ।
युके गार्जियनले लेखेको छ, ओकोन्जो इवला जेनेभामा व्यापारिक राजदूतहरूको एक महत्वपूर्ण समूहको समर्थन प्राप्त गरेपछि विश्व महिला व्यापार निगरानी निर्देशक बन्ने पहिलो महिला र पहिलो अफ्रिकी बन्न पुगिन् ।
उक्त पत्रिकाका अनुसार ओकोन्जो इविलालाई अफ्रिका, क्यारिबियन, यूरोपियन युनियन, चीन, जापान र अष्ट्रेलियाका देशहरूले समर्थन गरेको बताइएको छ।
बुधवार डब्ल्यूटीओका प्रवक्ताले ओकोन्जो इवलाको उम्मेद्वारी नोभेम्बर ९ मा हुने राष्ट्रसंघीय निकायको सामान्य परिषद् बैठकमा राखिनेछ र सदस्यहरूबीच सहमति कायम गर्न वार्ता हुने छ।
डब्लस्टिओको स्थापना भएदेखि यता प्रत्येक महानिर्देशकलाई सहमतिले नियुक्त गरिएको इतिहास छ । तर यसपटक संयुक्त राज्य अमेरिकाले ओकन्जो – इविलालाई समर्थन नगरेमा डब्ल्यूटीओको संबिधानले अन्ततः भोटको व्यवस्था गर्न सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्