मंसिर १४, २०८१ शुक्रबार

घाँस काट्न गएकी किशोरीको चितुवाको आक्रमणबाट मृत्यु



चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरीको ज्यान गएको छ । घाँस काट्न सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ को मर्मागाड पुगेकी शिवनाथ गाउँपालिका ४ बगारकी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

सोमबार दिउँसो २:३० बजेतिर चितुवाले आक्रमण गर्दा किशोरीको ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

डडेल्धुराको भागेश्वरमा आइतबार मात्रै चितुवाको आक्रमणबाट १२ वर्षीय बालकको ज्यान गएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ ।

अहिलेसम्म चितुवाको आक्रमणबाट बैतडीको तल्लोसोराड क्षेत्रमा २७ जनाको ज्यान गइसकेको छ भने कैयौँ घाइते भएका छन् ।