काठमाडौँ – झापाको बिर्तामोड–८ की एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
आज विहान १२ः २५ मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा। चुरामणी पोखरलले जानकारी दिएका छन् ।
मृतक पहिलेदेखि नै मुटुरोगी थिइन् । साथै, शवको नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्