मंसिर १३, २०८१ बिहीबार

नग्न भिडियो बनाएर पठाउन दबाब दिन्छन् आफ्नै आफन्त र प्रेमी प्रेमिका !



पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौ’न शो’षणमा पर्दै गएकाे एक अध्ययनले देखाएकाे छ । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन)नेपालले गरेको अध्ययन अनुसार अनलाइनबाट बालबालिका यौ’न शो’षणमा समेत परेको देखाएको हाे ।

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शो’षणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवा विरुद्ध हुने अनलाइन यौ’न शो’षणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौ’न शो’षणसम्म विस्तार भएको पाइएको छ । यसरी यौ’न शो’षणमा पर्नेहरूमा बालिका/किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक/किशोरहरू रहेको देखाएको छ ।

नौ देखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौ’न शो’षणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ ।

अनलाइनमा न’ग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिए ।

न’ग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दौँतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्ति समेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी यौ’न प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवर्किङ साइटहरू, इमेल, अज्ञात लिङ्क र फोनसमेत प्रयोग भएको देखिएको छ । “अनलाइनमा ६३।३६ प्रतिशत पुरुष र ३४।३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि न’ग्न देखिन बालबालिकालाई भनेका थिए, न’ग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।

कूल उत्तरदातामध्ये, १३७ जना ९७.९९ प्रतिशत) उत्तरदातालाई क्यामेराको अगाडि न’ग्न देखिन भनिएको थियो । यसरी न’ग्न बस्न द’बाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत ) केटी र दुईजना ९१ (४६ प्रतिशत) लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । न’ग्न देखिन भन्नेमा आफ्नै साथीहरू, सबैभन्दा नजीकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशी र हेरचाहकर्ताहरू समेत रहेका छन् ।

कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जना (९२.६६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौ’न शो’षणको अनुभव गरेका थिए ।

कूल उत्तरदातामध्ये ३४० जना ९१९ (८३ प्रतिशत )ले अनिच्छित अनलाइन यौ’न शो’षण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौ’न शो’षणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक रहेको छ । अनलाइन यौ’न शो’षणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए ।

अनलाइन यौ’न शो’षणमा परेका ३४० उत्तरदातामध्ये ४८ १४.१२ प्रतिशत जनाले यौ’न शो’षणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरू मध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए । अनलाइन यौ’न शो’षणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८.५३ प्रतिशत )जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए ।

त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।

अध्ययनमा कूल उत्तरदाता मध्ये २५३ (१४.७६ प्रतिशत )जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १७५ ९१०।२१ प्रतिशत० जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए। अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौँ र मकवानपुरमा २७ प्रतिशत रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा १८ प्रतिशत रहेको छ ।