गुल्मी । गुल्मीकी एक महिलाले ८३ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गर्नुभएको छ । सत्यवती गाउँपालिका – ६ जोहाङ रैकरकी हरिकला विकले ८३ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता पाउनुभएको हो ।
पहिला पहिला गाउँमा शिविर जादा खबर नपाएको र स्थानीय सरकारले पनि नागरिकताको महत्व बुझाउन नसक्दा अहिले सम्म नागरिकता नपाएको उहाँका छोरा देव बहादुर विकले बताउनुभयो ।
नागरिकता नहुदाँ ८३ वर्षको उमेरसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउनुभएको थिएन । तर पनि गाउँपालिकाले उहाँको नागरिकताका लागि कुनै पहल गरेको थिएन । अब नागरिकता बनेपछि भने भत्ता पाउने आशाले हरिकला खुसी हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्