पुष ८, २०८१ सोमबार

तालिवानले पढ्न नदिएकी बालिका अहिले वैज्ञानिक



मेरो नाम हुमैरा रजाई हो । म मूलरुपमा अफगानिस्तानको गजनी प्रान्तको जोगरीकी हुँ । म सन् २००६ मा १३ वर्षको उमेरमा बेलायत आएकी थिएँ । म अब एक ‘मेडिकल साइन्टिस्ट’ हुँ र एउटा ठूलो फार्मा कम्पनीमा काम गर्छु । यसबाहेक म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र अफगानिस्तानको स्थितिमाथि नजर राखिरहेकी छु ।

अब पुनः तालिबानको शासन फर्किएको अवस्थामा सबैभन्दा बढी खतरामा हजारा समुदायका मानिसहरु नै छन् जसको अफगानिस्तानमा ऐतिहासिक रुपमा शोषण हुँदै आइरहेको छ ।

अफगानिस्तानमा बिताएको बाल्यकाल मलाई अहिले पनि याद छ । म निकै साथी थिएँ तर त्यो उमेरमा पनि मलाई थाहा थियो कि म हजारा शिया समुदायकी हुँ । जतिबेला पनि तालिबानसँग डर लाग्थ्यो । हामीलाई पश्तूनहरुसँग डर लाग्थ्यो । पश्तून र तालिबान देखेर हामीले डरले काँप्ने गर्दथ्यौं ।

म सानै भएपनि हजारा मानिसहरुमाथि भेदभाव हुन्छ भन्ने मेरो दिमागमा राम्रोसँग बसेको थियो किनभने हामीले यस्तै देख्दै र सुन्दै आएका थियौं ।

मेरो बाल्यकाल तालिबानको शासनमा बितेको थियो । त्यसैले म स्कूल जान पाइनन् किनभने तालिबानले छात्राका लागि सबै स्कूल बन्द गरेका थिए । १० वर्षसम्म मेरो कुनै औपचारिक शिक्षा भएन । म तालिबानको शासनमा जन्मिएकी थिएँ । मजस्तै त्यति बेला थुप्रै महिला पनि स्कूल जान सकेका थिएनन् ।

त्यो सन् १९९८ को समय थियो । मलाई धुमिल स्मरण छ । तालिबानले सबै हाइवे बन्द गरेका थिए । हामी हजारा समुदायको गाउँसम्म खानपिनका केही पनि सामान पुग्न सकेको थिएन । त्यस वर्ष धेरै मानिसहरु भोकमरीले मरेका थिए । हामी खाना र पानीका लागि तड्पिरहेका थियौं ।

मेरा पिता सन् २००० को दशकमा एक शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनी त्यहाँ नै बसेका थिए । छ वर्षपछि उनले आफ्नो परिवारलाई बेलायत बोलाएका थिए । म, मेरी बहिनी र मेरी आमा नयाँ जीवन सुरु गर्नका लागि कानूनी रुपमा बेलायत पुगेका थियौं । हाम्रो यात्रा ती हजारौं मानिसहरुभन्दा निकै सहज थियो जसले असाध्यै मुश्किल स्थितिमा यात्रा गरेर अवैध तरिकाले पश्चिमी देश प्रवेश गर्छन् ।

म भाग्यमानी थिएँ कि मैले कानूनी तरिकाले भिसा पाएँ र बेलायत पुगेँ । यहाँ मैले निकै राम्रो जीवन पाएँ । म र मेरो परिवार त अफगानिस्तानबाट निस्केका थियौं तर निकै ठूलो जनसंख्या त्यहाँ तालिबानको अपराध झेल्न बाध्य थिए ।

परोक्ष रुपमा पूरा अफगानिस्तान तालिबानद्वारा प्रभावित छ । तालिबान हिंसामार्फत् जनसंख्यालाई नियन्त्रण गर्छ । तालिबानको शासनमा पुरुष थप हिंस्रक हुन्छन् । महिलाविरुद्ध घरेलु हिंसा पनि बढ्छ । महिलाले स्वास्थ्य सेवा पनि सहजै पाउँदैनन् र उपचार नपाउँदा धेरै महिलाको ज्यान जान्छ । अफगानिस्तानमा तालिबान शासनका बेला बाल मृत्युदर असाध्यै धेरै थियो ।

मेरो मनमा तालिबानको डर यसरी गढेको थियो कि म महिला र बालबालिकाका लागि केही गर्न चाहन्थेँ । त्यसैले म स्वास्थ्य क्षेत्रमा आएँ र एक वैज्ञानिक बनेँ । अब म जति पनि काम गर्छु त्यसको प्रत्यक्ष असर महिला र बालबालिकाको जीवनमा पर्छ ।

मैले आफ्नो पूरा शिक्षा बेलायतमा हासिल गरेकी हुँ । म १३ वर्षको उमेरमा यहाँ आउँदा मलाई अंग्रेजीको एउटा शब्द पनि आउँदैनथ्यो । मेरा लागि सुरुवाती शिक्षा मुश्लिक थियो । बाल्यकालमा आफ्नो पढाई पूरा नगरेका कारण मलाई सुरुमा असाध्यै गाह्रो भयो तर मैले छिट्टै सिकेँ । अब मसँग युनिभर्सिटीका तीन डिग्री छन् । मसँग मेडिकल रिसर्चमा पिएचडी पनि छ । मैले एउटा औषधीमा काम गरेकी छु जसले महिलालाई प्रियोक्लेमसिया नामको एक रोगबाट जोगाउँछ ।

शिक्षाले मेरो पूरा जीवन फेरिदिएको छ । यसलाई मलाई त्यो क्षेत्रमा काम दिएको छ जसका लागि मभित्र उत्कट चाहना थियो । म महिला र बालबालिकाको ज्यान बचाउन चाहन्थेँ र अहिले म त्यहि काम गरिरहेकी छु । मैले यो काम यसकारण मात्रै गर्न सकेँ किनभने मैले शिक्षा हासिल गर्न सकेँ तर अफगानिस्तानमा मजस्ता लाखौं बालिकाहरु छन् जो शिक्षाको अधिकारबाट बञ्चित छन् । उनीहरुले समाजमा आफ्नो भूमिका निभाउन सकिरहेका छ्रैनन् ।

म बेलायतमा छु तर मलाई त्यो समय याद गर्दा आज पनि डर लाग्छ । अब हजारा समुदायको के होला भन्ने मात्रै चिन्ता लाग्छ । मैले अफगानिस्तानमा जतिजनासँग कुरा गरेँ, उनीहरु र उनको परिवारको जीवन तालिबानको शासनले कुनै न कुनै रुपमा प्रभावित भएको छ । धेरैजसो हजारा मानिसहरुले आफूले आफैंलाई एक तरिकाले नजरबन्द गरेका छन् ।

म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र म अफगानिस्तानमा विशेषगरी काबुलमा मानवाधिकार कार्यकर्ता र महिला अधिकार कार्यकर्ताको सम्पर्कमा रहेकी छु । तालिबानको निशानमा यहि मानिसहरु छन् । विशेषगरी महिला अधिकार कार्यकर्ता । तालिबान यी मानिसहरुलाई दमन गर्न चाहन्छ । जब यी मानिसहरुले मद्दतका लागि गुहार गर्छन् तब म विचलित हुन्छु । मैले सबैको मद्दत गर्न पनि सकिरहेकी छैन ।

म हजारा समूदायकी हुँ र यो समूह सधैं नै तालिबानको निशानामा रहँदै आएको छ । । यतिमात्रै होइन, अफगानिस्तानको सरकारले पनि यो समूहलाई हँसियामा नै राखेको छ । तालिबानको त्यो शासनमा मेरा केही साथीहरु पनि मारिएका थिए । मेरा आफन्त र परिचितका परिवार नराम्रोसँग प्रभावित भएका थिए । मेरो आफ्नै परिवार पनि तालिबानको हिंसाको शिकार भएको छ । यसबाहेक ऊर्जा र सपनाले भरिएका थुप्रै हजारा जवान पनि तालिबानी हिंसाको शिकार भएका छन् । उनीहरु अफगानिस्तानका लागि धेरै कुरा गर्न चाहन्थे तर उनीहरुको हत्या भयो ।

तालिबानले अफगानिस्तानलाई कब्जा लिनुअघि काबुलमा जुन ठूला हमला गरे त्यसमा विशेषगरी हजारा विद्यार्थीलाई निशाना बनाइयो । उनीहरु हजारा समुदायका मानिसहरु नपढोस् भन्ने चाहन्छन् ।

पछिल्लो २० वर्षम अफगानिस्तानमा धेरै कुरा फेरिएको छ । अफगानिस्तानमा धेरैजसो जनसंख्या २५ वर्षभन्दा कम उमेरको छ । यो जनसंख्याले तालिबानको हिंसा र प्रतिबन्ध देखेको छैन । अफगानिस्तानमा विभिन्न समस्या हुँदाहुँदै पनि यो जनसंख्याले स्वतन्त्रता देख्यो, बराबरी देखेको छ, खुल्ला हावामा सास फेरेका छन् तर अब अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरुको सपना टुटेका छन् । यो युवा जनसंख्याका लागि तालिबानको प्रतिबन्धमा बस्न मुश्किल हुनेछ ।

सबैभन्दा ठूलो खतरा अफगानिस्तानमा मानवाधिकार कार्यकर्ताहरु र पत्रकारलाई छ । हामीलाई आशंका छ कि पूरा ब्ल्याकआउट हुनेछ र अफगानिस्तानबाट जानकारी पाउन मुश्किल हुनेछ । अफगानिस्तानमा एउटा ठूलो जनसंख्या यस्तो छ जसका लागि तालिबान र उसको शासनको तरिकालाई स्वीकार गर्न सहज हुनेछैन ।

अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानले ठूल्ठूला कुरा गरिरहेको छ । उनीहरुको प्रोपागान्डा शानदार छ । उनीहरु राम्रो पब्लिक रिलेशन पनि गरिरहेका छन् तर म वा मजस्ता मानिसहरुका लागि, जसले तालिबानको समय देखे र उनीहरुको हिंसा देृखे, उनीहरुका लागि तालिबानमाथि विश्वास गर्न सहज छैन ।

हामीले देखेका छौं कि उनीहरु कति हिंस्रक र बर्बर छन् । उनीहरु मूलतः एक आतंकवादी समूह हुन् । उनीहरुको पूरा व्यवस्था भ्रष्टाचार र हिंसामा आधारित छ । उनीहरु दुनियाँका सबैभन्दा ठूलो आतंकवादी नेटवर्क हुन् । उनीहरुले अफगानिस्तानको सत्ता शक्ति र हिंसाको दममा हासिल गरेका हुन् । जसले जे सुकै भनोस् मेरा लागि उनीहरुमाथि विश्वास गर्न सजिलो छैन ।’

दैनिक भास्कर