यो एक अटो इम्युन रोग हो जसमा छालाको कुनै पनि भागमा रातो हुने, सुन्निने र चिलाउने हुन्छ। यो प्रायः घुँडा, कुहिनो र पछाडि ढाडमा हुन्छ। विज्ञहरूका अनुसार सोरियासिसका एक तिहाइ बिरामीलाई डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्या हुने गर्छ।
सामान्यतया मानिसहरूले यसलाई छालाको सामान्य समस्या सोचेर बेवास्ता गर्छन् । तर यो शरीरभरी फैलिन सक्छ।सोरियासिस निको नहुन सक्छ।
तर उपचारसँगै खानपानमा केही परिवर्तन गरेर सोरियसिसलाई बढ्नबाट रोकथाम गर्न सकिन्छ। सोरियासिस भएका बिरामीले केहीखाना खानबाट बच्नुपर्छ । यस्ता छन् सोरियासिसको समस्या भएका मानिसले खान नहुने आठ कुरा
होल मिल्क
चिज
प्रशोधन गरिएका खाना जस्तै जङ्क फुड, प्याकेज्ड फुड, प्रसोधित मासु आदि
रातो मासु
ग्लुटेन युक्त खाद्यान्न
रक्सी
कफी, सफ्ट ड्रिङ्क, एनर्जी ड्रिङ्क
चकलेट
यस्ता खानाको सेवनले सोरियासिसको लक्षणहरू पनि बढाउन सक्छ। त्यसैले सोरियासिसको समस्या भएका मानिसले छालाबिनाको कुखुराको मासु, माछा जस्ता लिन मिटको सेवन गर्न सकिन्छ। साथै, ताजा फलफूल, तरकारी र सम्पूर्ण अन्नको सेवन गर्नु उचित हुन्छ।
प्रतिक्रिया दिनुहोस्