स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो ।
शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारे । तिमिल्सिनाले ४३ मत प्राप्त गरे । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्