काठमाडाैं । निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा स्याङ्जाबाट ९ र गुल्मीबाट ८ जना सिफारिस भएका छन् । लोक सेवा आयोग केन्द्रीय कार्यालयले आइतबार प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व सेवा समूहका १ सय ९७ अधिकृत मध्ये स्याङ्जाबाट ९ र गुल्मीबाट ८ सिफारिस भएका हुन्।
त्यस्तै सुर्खेत, अर्घाखाँची र दैलेखबाट ७/७ जना पाल्पा र सप्तरीबाट ६/६ जना सिफारिस भएका छन् भने रुकुम पश्चिमबाट ५ जना सिफारिस भएको लोक सेवा आयोगले जनाएको छ ।
नतिजा अनुसार कैलालीको लम्कीचुहा १ का तर्कराज जैसी एक नम्बरमा सिफारिस भएका छन् । उनले रोजेको कार्यालय पाउने छन् ।
निजामती सेवामा प्रवेश गर्नेहरूमा २०५०/२०५१ सालदेखि नै गुल्मी, स्याङ्जा, अर्घाखाची र पाल्पाको वर्चश्व रहेको मानिदै आएको छ । यसपटक भने संख्याको हिसावले ति जिल्लाबाट अलि कम अधिकृत सिफारिस भएका छन् । यसपटक सुर्खेत पनि धेरै अधिकृत सिफारिस हुने जिल्लामा तेस्रोमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्