माघ १७, २०८१ बिहीबार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा१८ प्रतिशत छुट



ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्डवाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गर्दै छ । यो छुट योजना बिहीबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मूल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरूलाई एयरबड प्रदान गर्नेछ ।

ग्राहकहरूले दराजबाट न्यूनतम् १,८०० को सामान खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफूले खरिद गरेको मूल्यमा १८ प्रतिशतसम्म मात्र छुट पाउनेछन् ।