फाल्गुन २४, २०८१ शनिबार

ट्रम्पले लगाए ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा भाग लिन प्रतिबन्ध लगाएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रान्सजेन्डर महिलालाई महिला खेलकुदमा भाग लिन नपाउने कार्यकारी आदेशमा आफूले बिहीबार हस्ताक्षर गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘योसँगै एनसीएएले आधिकारिक रूपमा महिला खेलकुदमा पुरुषहरूलाई पनि सहभागिताको अनुमति दिने नीति परिवर्तन गरेको छ। अब यो प्रतिबन्धित छ।’

उनले भनेका छन्, ‘यो हाम्रो देशका युवती तथा महिलाका लागि ठूलो दिन हो।’

रिपब्लिकन नेताहरूले यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने दाबी गरेका छन्। तर एलजीबीटी समर्थक र मानव अधिकार संगठनले भने यस कदमलाई भेदभावपूर्ण भनेका छन्।

‘पुरुषहरूलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो’, ट्रम्पले भनेका छन्, महिला खेलकुद बचाउने राष्ट्रपति हुन पाएकामा म गर्व गर्छु।’

उनले अगाडि लेखेका छन्, ‘हामी आशा गर्छौं कि ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गर्नेछ र यो नीति लागू गर्नेछ, जुन अमेरिकी जनता र विश्वभर लोकप्रिय छ।’