गुल्मी – यसपटकको स्ववियू चुनावमा गुल्मीका क्याम्पसमा पहिलो सभापति महिला निर्वाचित भएकी छन् । जनज्योती बहुमुखि क्याम्पस पूर्कोटदहमा सिर्जना घिमीरे जिल्लामै पहिलो सभापति निर्वाचित भएकी छन् ।
उक्त क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले सहमतिमा स्ववियू चुनेका हुन् । नेपाल विद्यार्थी संघले भने चुनावमै भाग नलिएकोले दुई अखिलले सहमतिमा स्ववियू गठन गरेका हुन् ।
सर्वसम्मत निर्वाचित स्ववियू उपसभापतिमा क्रान्तिकारीका रीम बहादुर जिसी सचिव अखिलका यूवराज घिमीरे, कोषाध्यक्ष शारदा सेन र सह सचिव अनिता केसी रहेका छन् । सदस्यहरुमा शंकर केसी, समुद्र कुँवर, तुलसा केसी, सविता पन्थी, उर्मिला सेन र अस्मिता सेन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्