मंसिर १३, २०८१ बिहीबार

दुईहप्तादेखि स्वामीको रुखमुनि काँप्दै



Devi

बुटवल – बुटवल १२ स्थित प्रदर्शनीस्थल अर्थात बुटवल मण्डपको गेट नजिकै स्वामीको रुखमुनी बसेकी एक महिलालाई देबि उत्रेको भन्दै हेर्नेहरुको घुईँचो लागेको छ । बिगत २ हप्तादेखि निराहार बसेकी ति महिला रुपन्देहीको बाँसगढी घर भएकी विष्णु कुँवर रहेको र उनलाई धर्तीमाता उत्रिएको भन्दै घरिघरि काँप्ने गर्छिन । घरि ध्यान गर्ने घरि काँप्ने झाँक्री हल्लिए जस्तो हल्लिने आदी क्रियाकलाप गर्दै आएकी ति महिलासँगै अहिले दर्जन बढि मानिस हल्लिने र काँप्ने गर्न थालेका छन ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग छेउमै एउटा रुखमुनी देउता उत्रेको भन्दै दैनिक हजारौं मानिस हेर्न आउने, पैसा चढाउने र कतिपय त त्यहाँ बस्दा बस्दै हेर्दाहेर्दै आफैपनि काँप्ने गर्छन । पैसाको थुप्रो लागिसकेको छ । उनि काँपेको काँप्यै छन, कुनै दुर्घटना हुने होकी भन्ने चिन्ता पनि स्थानियले गर्न थालेका छन । यथार्थ केहो पत्ता लगाउन र ति महिलाको बारेमा उचित निष्कर्ष निकाल्न उनिहरुले आग्रह गरेका छन ।
यद्यपी मनोचिकित्सकहरुले यसरी देवी उत्रिएको भन्नु एकप्रकारको मनोरोग भएको बताउछन् । ‘यो एक प्रकारको हिस्टेरिया हो, कुनै देवी देवता उत्रिएको होइन, वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुंगाना भन्छन ‘यस्तो समस्या विभिन्न उमेर समूहका धेरैजसो स्त्रीमा हुन्छ ।’ देवी उत्रिएको भन्ने महिलामा ‘मास हिस्टेरिया’को समस्या छ । मनमा भएका इच्छा, कुण्ठा शब्दद्वारा व्यक्त नगरी व्यवहारमै देखाउने मनोरोगीको लक्षण भएको उनले बताए ।
चिकित्सकहरुका अनुसार यस्तो लक्षणलाई मेडिकल भाषामा ‘पोजेसन सिन्ड्रोम’ भन्ने गरिएको छ । देवता उत्रिएको, आफूमा भगवानको शक्ति आएको, भगवानलाई साक्षात देखेको जस्ता कल्पनाहरु यस्ता व्यक्तिले गर्ने र त्यस्तै भुमिका देखाउने डा. ढुंगानाले बताए ।