मंसिर १४, २०८१ शुक्रबार

कोलोम्बो पुगेर वनस्पति उद्यानमा राष्ट्रपतिले गरिन् वृक्षरोपण



श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले  आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरेकि छन् ।

विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा राेपेकि हुन् । उक्त अवसरमा उनले उद्यानको अवलोकन पनि समेेत गरिन् । राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर गरेकिछन्र्नु । उनले दुईवटा बिरुवाको नामकरण पनि गरेकाे जनाइएकाे छ । कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुगेकी हुन ।

यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहेका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई पनि थिए ।