काठमाडौं – दुई वर्ष अघिसम्म बस्तु ७ कि कमला भण्डारीको घर श्रीमानले भारतबाट ल्याउने कमाईको आधारमा चल्थ्यो । छोराछोरीको फि तिर्ने बेला भारतमा बसेका बा’लाई सम्झन्थे । भानुभक्तको कमाई राम्रो भएन भने चाडपर्व पनि निरश हुन्थ्यो । यो वर्ष त्यस्तो दुःख परेन । भानुभक्त दँशैमा छुट्टी नपाएर परीवारले एक्लो महसुस गरे नर स्कूलको शुल्क तिर्नलाई लक्ष्मीलाई ऋण खोज्नु नै प¥यो । ‘घरमै पालेका बाख्राले सबै समस्या एकैपटक मेटाईदियो’ कमला भन्छिन् ‘उहाँ (श्रीमान) पनि घरमै हुनुहुन्छ, धेरथोर पैसा पनि कमाईएकै छ ।’
आधा वर्ष गोरस, भुटन चलाउनका लागि सकेसम्म एउटा भैँसी, कुलपुजा लागि बोका हुर्काउन एउटा बाख्रा, दुईवटा पाठा, धेरै गाउँलेको गोठमा जीवन निर्वाहको लागि यही नै हुन्छन् । दुईवर्ष अघिसम्म गाउँमा भाडामा लिएर बसेको घरबारीमा उसैगरी चलेको भण्डारी परीवारको अहिले भने गाउँलेको भन्दा फरक छ । ‘पहिला नगद भनेपछि उहाँले पठाएपछि देखिन्थ्यो अहिले गएको असारबाट खर्च कटाएर १ लाख १२ हजार सात साय ५० को विक्री गरेँ’ आफ्नो कमाईबारे खुसी हुँदै कमला भन्छिन् ‘राम्रो हुँदैछ, आम्दानी बढ्दै छ ।’
कमलाको जस्तै उत्साह अरु परीवारमा पनि छ । जीवन निर्वाहको रुपमा एकदुईवटा गाईभैँसीको साथमा एकदुईवटा बाख्रा पाल्ने गाउँलेमा यो उत्साह ल्याएको हो हेफर ईण्टरनेशनलले । हेफरको सहयोगमा जनविकास केद्रले गाउँमा बाख्रापालनका लागि सहयोग गर्छ भन्ने थाहा पाएपछि शुरुमै व्यवसायीक रुपमा बाख्रा पाल्न थालेका किसान अहिले नमुना किसान बनीसकेका छन् । उनीहरुकहाँ ५० भन्दा बढी बाख्रा पुगेका छन् । ‘३ वटाबाट शुरु गरेको अहिले ५८ वटा सम्म पुगे’ गाविसकै नमुना बाख्रापालक मध्येकी बस्तु ७ की लक्ष्मी भण्डारी भन्छिन् ‘कति व्याउने क्रममा छन्, करीव ६० पुग्छन् अव केहीदिनमा ।’
लक्ष्मीले पनि घरको आम्दानीको श्रोत केही नभएपछि बच्चाबच्ची पढाउनका लागि आवस्यक नगद चाहिएर व्यवसायीक बाख्रा पालन शुरु गरेकी हुन् । शुरुमा आफैले पाँचसातवटा बाख्रा र एउटा भैँसी पाल्ने लक्ष्मीले हेफर गाउँमा आएपछि व्यवसायीक रुपमै बाख्रा पालेर राम्रो आम्दानी गरेकी छन् । ‘जागिर नभएपछि त कृषकको लागि धेरै मुस्किल छ नि, त्यसैको लागि बाख्रा पालेको १ वर्ष भित्रमा दुई लाख जतिको पाठाहरु विक्री भयो’ उनले भनिन् ‘अहिलेसम्म त धेरै लगानीमै गएको छ, दाना, औषधोपचार गरेर १ लाख रुपैयाँ नाफा भयो ।’ अव लगभग अव संरचना सबै बनाईसकेकोले फाईदा बढ्ने उनको विश्वास छ ।
कमला र लक्ष्मीको परीवारमा मात्रै होईन बस्तुमा बाख्रा पाल्ने अभियान गाविसभरी नै छ । हेफरले स्थानीय साझेदार संस्थामार्फत किसानलाई सुधारीएको खोर निर्माणका लागि आर्थिक सहयोग गरेको छ भने बाख्रा वितरण, उन्नत नश्लका बोका वितरण, घाँस लगायतका सामाग्री उपलब्ध गराएको छ । गाविसभरी ६ वटा मूल समूह गठन गरी १ सय ४५ घरपरीवार र २२ वटा उपहार समूहमार्फत ५ सय ३० घरपरीवारलाई सेवा दिईएको स्थानीय साझेदार संस्था जनविकास केन्द्रका कार्यकारी निर्देशक भुपाल पोखरेलले बताए । ‘३ सय १९ वटा सुधारीएका खोर निर्माण भएका छन् भने ३ सय ७८ वटा बाख्रा किसानलाई उपलब्ध गराईएको छ’ उनले भने ‘२८ वटा समूहलाई एक एकवटा उन्नतनश्लका बिउ बोका पनि उपलब्ध गराईएकोले किसानले उन्नत नश्लका राम्रा पाठापाठी उत्पादन गरेर फाईदा लिईरहनुभएको छ ।’
संस्थाले नै बीउँ पूजिको रुपमा बाख्रा बोकाहरु उपलब्ध गराउने तथा सुधारिएको खोर निर्माणका लागि पनि सहयोग गरेकोले किसानलाई बाख्रा पाल्न उत्साहित भएको किसानको प्रतिकृया छ । ‘सबै कुरालाई सामान्य सहयोग संस्थाबाटै हुन्छ भनेपछि व्यवसाय गरौँ, राम्रो होला भनेर शुरु गरेको हो’ सफल व्यवसायी कमला विगत सम्झन्छिन ‘शुरुमा हेफरले ७ वटा दियो, घरको एउटा थियो ८ वटा भए । त्यसपछि ९ वटा बोका जन्मेर विक्री गरेँ राम्रै भएको छ ।’
अहिले बस्तुका ५ सय ९८ घर परीवारले नै बाख्रापालन गरेका छन भने ५ वटा ठूला फर्म दर्ता गरेर व्यवसायीक बाख्रा पालन कार्य गरेका छन् । उनीहरु सबैलाई बाख्रापालनमा व्यवसायीकीकरण ल्याउन सहयोग पु¥याउनका लागि कृषि सहकारी संस्था समेत गठन भईसकेको छ । सहकारीले किसानको बचत गर्ने बानीको बिकास गर्ने र अव व्यवसायी बाख्रा पाल्नेहरुलाई ऋण उपलब्ध गराउने छ । त्यसबाट किसान थप व्यवसायीक बन्दै जाने हेफरका कार्यक्रम अधिकृत शरद श्रेष्ठ को भनाई छ । ‘अव व्यवसायीक रुपमा त पाल्न हुन्थ्यो तर रकम अभाव भयो भन्ने अवस्था आउनेछैन, सहकारीले नै सहयोग गर्ने छ’ उनले भने ‘व्यवासाय गर्छन, कमाएर तिर्छन भन्ने धारणा बाट किसान विचमै सहकारी दर्ता गरीएको हो ।’ ५ वटा व्यवसायीक फर्मका लागि सरकारको किसानका लागि उन्नत विउ विजन कार्यक्रमले थप आर्थिक सहयोग गर्ने सम्झौता भईसकेको हेफरका बाख्रा विशेषज्ञ लक्ष्मण घिमीरेले बताए । ‘अव उनीहरुमार्फत मासुका लागि बाहिरबाट बोकाखसी खोजेर ल्याउनु नपरोस भन्ने उद्धेस्य हो’ उनले भने ।
अघिल्लो वर्ष माघदेखि व्यवसायीक बाख्रा पालन शुरु गरेका किसानले साविकको बस्तु गाविसभरीबाट ३० लाख ७४ हजार ८ सय रुपैयाँ आम्दानी गरीसके । यो कमाईबाट बाख्रा पाल्ने परीवार खुसी छन् भने छिमेकीहरु पनि व्यवसायीक बन्न मेहनेत गरीरहेका छन् । बस्तु गाविसका ५ सय ९८ घरधुरीमामा अहिले २ हजार १८ वटा बाख्रा छन् ।
संस्थाले किसानलाई बाख्रा पालन मात्र होईन, गाउँका महिला तथा पुरुषलाई नेतृत्व तथा व्यवसाय र पारीवारीक जीवनलाई सहज बनाउनका लागि पनि सक्षम बनाएको छ । समूह व्यवस्थापन, पशु व्यवसथापन, करेशाबारी, पोषण, उद्यमशिलता, महिलाविकास समविकाश, पूर्व सहकारी शिक्षा, आधारशिला, तथा पशु व्यवस्थापन सम्बन्धि विभीन्न तालिमहरु दिएको संस्थाले जनाएको छ ।
यसबाहेक संस्थाले सञ्चालन गरेको मुख्य कार्यक्रम हो घाँस खेती र तालिम । १२ लाख ९४ हजार विरुवा तथा अन्य भूईँ तथा डालेघाँसका बिउ साढे ४ क्विण्टल वितरण गरीएको जनविकास केन्द्रका सामुदायीक सहजकर्ता राजन केसीले बताए । ‘दु्ई वर्षमा गरेर ३१ वटा घाँसका नर्सरी नै निर्माण भएका छन् भने किसानका अन्नबाली लगाउने केही खेतबारीका घाँस देख्न सकिन्छ’ उनले भने ‘किसानहरुले यो वर्ष १९ वटा घाँसका प्लट निर्माण गरेका छन् ।’
उक्त समस्या समाधान गर्नका लागि संस्थाले गाविसभरी हेर्ने गरी दुईजना ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र आवस्यक औषधी पनि उपलब्ध गराएको छ । ‘औषधोपचारका लागि ४५ दिनको तालिम दिएर गाउँमै पशुस्वास्थ्य कार्यकर्ता उपलब्ध गराईएको छ, उनीहरुले किसानबा बाख्रा विरामी हुनेबित्तीकै घरमा पुगेर सेवा दिईरहेका छन्’ हेफरका बाख्रा विशेषज्ञ भन्छन् ‘माईक्रोस्कोप लगायतका उपकरण र औषधी पनि उपलब्ध गराईएको छ ।’
यसबाहेक बेला बेलामा राम्रो काम गरेका किसानलाई सम्मान गर्ने, उत्साह दिने आदी कारणले गर्दा पनि किसानमा उत्साह बढेको छ । ‘गाविसले उत्कृष्ट फर्मवाला भनेर पुरस्कृति पनि ग¥यो । मेहनेत गरेपछि राज्यले पनि सम्मान गर्ने रहेछ । खुसी लागेको छ । ’ कमला भन्छिन् ‘यो देखेर गाउँमा अरुले पनि कमलाले जस्तै गर्नुप¥यो भनेर कस्सिनुभएको छ ।’
महिहलारु बाख्रा पालनमा अगुवाई गरेर लागेपछि उनीहरुका श्रीमान पनि विदेश छाडेर बाख्राको स्याहार गर्न थालेका छन् । ‘महिलाहरु तालिम गोष्ठिमा हिँड्छन्, समूहका बैठकमा जान्छन पुरुषहरु बाख्राको स्याहार गर्छन’ सामुदायीक सहजकर्ता राजन केसी भन्छन् ‘एकातिर विदेशीने पुरुष घरमै बसेर व्यवसायीक बन्न सघाएका छन्, अर्कोतिर महिलाहरुको अगुवाई पनि बढेको छ ।’
प्रतिक्रिया दिनुहोस्