नवनारीले गत शनिवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि फरक फरक क्षेत्रमा क्रियाशिल नौ नारीलाई सम्मान गरेको छ।आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर ईतिहासबिद सत्यमोहन जोशिले बिभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकार, डाक्टर लागयत विभिन्न क्षेत्रमा उल्लेखनिय काम गर्ने महिलाहरु तथा व्यावसायी महिला लगायतलाई सम्मान गरिएको थियो । नौ नवनारी सम्मानबाट बरिष्ठ कलाकार बसुन्धरा भुषाल, बरिष्ठ गायिकाकुन्ती मोक्तान समाजसेवी दुर्गा घिमिरे, साहित्यकार प्रतिसरा सायमी, तेकान्दो खेलाडी संगीना बैद्य, पुर्वमिस नेपाल उषा खड्गी प्राध्यापक अञ्जु भट्टराई, स्त्री रोग बिशेषज्ञ डा सविना श्रेष्ठ, व्यवसायी विदुषी राणा सम्मानित भए । साथै सोही पत्रीकामा कार्यरत कर्मचारीको हौसला र कृयाशिलतामा उर्जा थप्न कर्मचारी अफ द इयर को रुपमा कार्यकारी सम्पादक लेखनाथ पोख्रेललाई एद्धार हजार १ सय ११ रुपैया र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।सोहि कार्यक्रममा नवनारिको प्रमुख सम्पादक जानुका ढकालले आगामी दिनमा नारी हक हितमा अझै यसरीनै अग्रसर भइ त्रियाशिल भई काम गर्ने बताइन् । कार्यक्रम बिच नवनारिका प्रबन्ध निर्देशक तथा संगितकार बिनोद पछाईले गीत गाएर दर्शकलाई मनोरन्जन दिएका थिए भने गायिका कुन्ती मुक्तानले पनि गीत गाएर दर्सकको ध्यान केन्द्रित गरेकी थिइन् । नवनारीले लामो समय देखि महिलाहरुका उत्थान र मनोवल वढाउने ढंगले उल्लेखनिय काम गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्