पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा ५सय ७१ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । राष्ट्रिय बाण्ज्यि बैकले शुक्रबार प्रकाशित गरेको विज्ञापनमा ८७ जना महिलाहरुको लागि विषेश आरक्षणको व्यवस्था गरेको छ ।
जसमध्ये मुख्य प्रबन्धकमा १,प्रबन्धक ( सुचना प्रविधि) मा १,उपप्रबन्धकमा १,उपप्रबन्धक लेखा तर्फ १,सहायक प्रबन्धकमा १३,सहायक प्रबन्धक ( कानुन)१,सहायक प्रबन्धक (इञ्जिनियर) १,सहायक प्रबन्धक (लेखा) २,सहायक प्रबन्धक (कृषी) १,बरिष्ठ सहायकमा ८,बरिष्ठ सहायक (नगद)५,बरिष्ठ सहायक ( कम्प्युटर अपरेटर )१,सहायकमा ३७,सहायक (नगद) ६,र सहायक कम्प्युटरमा ८ जना महिलाहरुका लागि आवेदन माग गरेको छ । अघिल्लो बर्ष अदालतको फैसलापछि राष्ट्रिय बाणिज्य बैकले मुख्य प्रबन्धकमा बाहेक महिलाहरुको हकमा उमेरको हदबन्दी २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख गरेको छ । साथै महिलाहरुका लागि परिक्षणकाल ६ महिनामात्र हुने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्