मंसिर १४, २०८१ शुक्रबार

राष्ट्रपतिले साम्य पारेको घाउँ चितवनमा बल्झियो,आमा र पत्नीले फोटोमै झम्टिए प्रकाशलाई



Sita 1

काठमाडौ-आइतबार बिहान र्पुवप्रधानमन्त्री तथा नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण अकल्पनीय निधन भएपछि प्रचण्ड परिवार शोकमा छ ।

सधैँ आफ्नै वरीपरी गरीरहने,संगै यात्रामा सहभागी हुने छोराको निधन भएपछि बुबा प्रचण्ड,आमा सिता,पत्नी सिर्जना,बिना र दुई दिदीहरु रेणु र गंगा दाहाल प्रकाशको निधनको पिडामा छन । तर नजिकै आइपुगेको निर्वाचनको तयारी पनि गर्नुृपर्ने छ बुवा प्रचण्ड र पत्नी बिनालाई ।

सोही बमोजिम मंगलबार चितवनमा हुने प्रकाशको श्रदाञ्जली सभा र चुनाबीसभामा भाग लिन प्रकाशकी जेठी पत्नी सिर्जना र छोरा प्रसिद्ध बाहेक प्रचण्डको स परिवार चितवन पुग्यो । हजारौ मानिसहरुको सहभागिता रहेको सभामा प्रकाशको बारेमा विभिन्न भनाइ सहित नेताहरुले श्रदाञ्जली दिइरहेका थिए ।

Bina and Sita

प्रचण्ड र दिदीहरुले पिडा लुकाउन सकेपनि प्रकाशकी आमा सिता र पत्नी बिनाले सभामै डाँको छोडेर रुन थाले । प्रकाशको फोटो सहित राखिएको व्यानरमा उनीहरुले झम्टी झम्टी रुन थाले । आइतवार साँझ र सोमबार विहान पनि राष्ट्रपतिले लाजिम्पाट निवासमा पुगेर सान्तना दिएपछि सिता दाहाल सामान्य अवस्थामा फर्किन थालेकी थिइन ।

राष्ट्रपति भण्डारीले प्रचण्ड निवासमा सीतासँग करिब २० मिनेट कुराकानी गरेकी थिइन । यसक्रममा उनले ०५० साल जेठ ३ गते आफ्ना पति मदन भण्डारीको मृत्युको घटना सम्झिइन् ।

‘मेरा श्रीमान् दासढुंगा दुर्घटनामा बित्नुभो, दुईवटी छोरीहरु सानै थिए,’ राष्ट्रपति भण्डारीले प्रचण्डपत्नी सीतालाई शान्त्वना दिँदै भनिन्, ‘यस्तो बेलामा सम्हालिनुबाहेक हामीसँग अर्को कुनै विकल्प हुँदैन, मैले पनि आफूलाई सम्हालें र अघि बढें ।’

हुन पनि अहिले सीता दाहालले भोगेको पुत्रवियोगको पीडा भन्दा राष्ट्रपति भण्डारीले ०५० सालमा भोगेको पतिवियोगको पीडा भयावह थियो । सीतासँग आफ्ना पति प्रचण्ड छन्, छोरीहरु हुर्केका छन् र नातिनातिना एवं बुहारीहरु छन् ।

तर, विद्यासँग त्यसबेला कलिला छोरीहरुको भविश्य कोर्ने चुनौती शिवाय अर्थोक थिएन । तर, उनले आफूलाई राजनीतिमा निरन्तरता दिइन् र यतिबेला राष्ट्रपति बन्न पुगेकी छिन् ।