प्युठान – खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको ‘नाडी’देखि तल सवै पोलिएको छ । सवै औँलासहित हात सुन्निएका छन् । तर, उनको उपचार हुन सकेको छैन् ।
स्वर्गद्धारी नगरपालिका–४ भिंगृ निवासी उनलाई आमा निर्मला शाहीले जसोतसो स्थानीय भिंगृ बजारमा लगेर सामान्य उपचार गराइन् । यसले उनको पोलिएको घाउ निको हुन सकेन् । सम्पन्न परिवारमा हुर्केका हुनेथिए त, उनले राम्रोसँग उपचार पाउँथे होला । तर, हप्तादिन हुदासम्म पनि शाहीको उपचार हुन सकेको छैन् ।
उपचारकै अभावमा हात चुढिने खतरामा छ । बालकले घर नजिकैको चन्द्रेश्वरी प्रावीमा वालविकासमा पढछन् । आमा निर्मलाले सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छिन् । ‘छिमेकमा ऋण खोजेर शुरुको दिन मेडिकलमा लगेर उपचार गराए’,उनले भनिन्,‘मल्हम लगाइदिएकी छु । अहिल्यसम्म निको नै भएन् ।’
छोराको राम्रो अस्पतालमा लगेर उपचार गराउने मन भएपनि आर्थिक अभावले गर्दा संभव नभएको उनले गुनासो गरिन् । ‘कसैको सहयोग पाए छोराको उपचार गर्न हुन्थ्यो’,शाहीले दुःखेसो पोख्दै भनिन्,‘घर व्यवहार सवै चलाउने मै हुँ । घरखर्च धान्नै समस्या छ । कसरी छोराको उपचार गराउँ ।’
६ महिनादेखि विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको उनले जानकारी गराइन । उनले मासिक चार हजार पाँच सय तलव बुझिछन् । घरमा रहेका बृद्ध ससुरा बुवा प्रदीप शाही र सासुआमा मिनाको रेखदेख गर्ने जिम्मा पनि उनकै काँधमा छ ।
तीन छोरामध्ये इन्द्रम कान्छो हुन् । जेठो छोरा इमेजले पाँच र माइलो इशासनले तीन कक्षामा पढछन् । ‘श्रीमान इण्डिया जानुभएको छ’,शाहीले भनिन्,‘सासु, ससुराको हेरचार र छोराहरुको पालनपोषण गर्ने सवै जिम्मेवारी मेरै भरमा छ ।’ उनी विद्यालयमा काम गरिरहेका बेला छोरा इन्द्रम पोलिएको हातले ढुंगा, माटो चलाएर बाहिर खेलिरहेका हुन्छन् ।
विद्यालयमा समेत उनको हेरचाह राम्रोसँग हुन सकेको छैन् । विपन्न परिवारकी शाहीले आर्थिक संकलन भएमा नावालक छोराको उपचार गर्ने मन भएको सुनाइन ।
प्रतिक्रिया दिनुहोस्