पुष ७, २०८१ आईतबार

सात महिने छोरालाई जापानी राजनितिज्ञ महिलाले अधिवेशन कक्षभित्र संगै लगेपछि…



जापान-एक जना जापानी महिला राजनीतिज्ञले आफनो बच्चा स्थानीय शासन परिषदको अधिवेशन कक्षभित्र ल्याउन खोजेपछि त्यहाँका सासंदहरूले उनको आलोचना गरेका छन् ।युका ओगाटाले महिलालाई पेशा धान्न र सँगसँगै आफ्ना बच्चाहरू हुर्काउन कति गाह्रो हुन्छ भन्ने कुरा परिषदभित्र देखाउन खोजेको बताइन् ।

‘उनले परिषदका नियमहरू भंग गरेकी छिन् किनभने आगन्तुक र अवलोकनकर्ताहरू बैठक कक्षभित्र पस्न पाउँदैनन्,’ कुमामोटो नगरपालिकाका अधिकृतहरूले भने । लामो छलफलपछि ओगाटाले आफ्नो बच्चा साथीको जिम्मा लगाइन् ।

japniz women

परिषदको अधिवेशन निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भयो । परिषदले उनको मुद्दामाथि र साना बच्चाहरू भएका सांसद र जन प्रतिनिधिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्ने बताएको छ ।

परिषदका प्रवक्ता योशीतोमो सवादाले पत्रकारहरूलाई भने, ‘हामी यस्तो प्रणालीमा काम गर्न चाहन्छौं जहाँ परिषदका सदस्यहरूले बैठकहरूमा आफ्ना बच्चाहरूसहित सहभागी हुन पाउँछन् ।’ ओगाटा सात महिनाअघि छोरालाई जन्म दिएपछि पहिलो पटक गत बुधवार नगरपालिकाको अधिवेशनमा उपस्थित भएकी थिइन् ।

उनले पत्रकारहरूलाई बताए अनुसार उनले परिषदको सचिवालयलाई पटकपटक छोरालाई बैठकहरूमा आफूसँगै राख्न अनुमति दिन वा दिवा बाल हेरचाह केन्द्रको व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।“म यो परिषदलाई यस्तो ठाउँ बनाउन चाहन्थें जहाँ बालबच्चा हुर्काइरहेका महिलालेपनि धेरै राम्रो काम गर्न सकून्,” उनले स्थानीय पत्रिकालाई भनिन् ।

जापानमा लैंगिक भूमिका र जिम्मेवारी अझैपनि धेरै परम्परागत शैलीको छ। धेरै महिलाले विवाह गरेपछि र बच्चा पाएपछि आफ्नो पेशा त्यागेका छन् ।यो देशमा लैंगिक विभेद ठूलै छ। वल्र्ड इकोनोमिक फोरमको सन् २०१७ को विश्व लैंगिक विभेद प्रतिवेदनमा १४४ देशहरूबीच तुलना गर्दा जापान ११४ औं स्थानमा परेको छ ।साभारः बिबिसी