काठमाडौ -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सभ्य समाज र समृद्ध देश निर्माणका लागि महिनावारीलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्ने र त्यही अनुसार जनचेतना अभिबृद्धी गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले महिनावारीका बेला गरिने ब्यवहारका बारेमा जनचेतना जगाउनु पर्ने बताउनुभएको छ । एक्सपोज नेपालको १२ औं बार्षिक उत्सवको उद्घाट्न गर्दे मन्त्री थापाले अझै पनि महिनावारीको बारेमा महिलाहरुले खुलेर भन्ने नसक्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले कतिपय सामाजिक संस्कारहरु व्यक्ती र समाजको विकासका बाधक रहेको बताउँदै मन्त्री थापाले त्यस्ता कु-संस्कारहरुलाई ताड्दै जानुपर्ने बताउनुभयो । उहाँले घरेलु प्याड उत्पादन गरी त्यसलाई व्यवसायिक रुपमा उद्योगका रुपमा विकास गर्न सके महिनावारीको व्यवस्थापन हुने र आर्थिक उपार्जन समेत गर्न सकिने बताउनुभयो ।
मन्त्री थापाले समाजिक विकासका कामहरुमा स्थानिय र प्रदेश सरकार संग समन्य गरेर काम गर्दा अझ प्रभावकारी हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्