जाजरकोट-नजिक स्वास्थ्य संस्था, सञ्चार र सडकको सहज पहुँच नभएको जाजरकोट जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँचदेखि सुत्केरीसम्म घरमै हुँदा अकालमै ज्यान जानेको सङ्ख्या बढेको हो । विगतकै जस्तो परम्परावादी उपचार विधि प्रयोग गर्दा उपचारमा खेलाची भई ज्यान जाने गरेको पाइन्छ । यसका लागि गाउँमा रहेका धामी र वैद्यी काम गर्ने महिलालाई स्वास्थ्यसम्बन्धी तालीम दिन जरुरी रहेको छ ।
औषधि बिक्री गर्न बसेका औषधि व्यापारी डाक्टर हुँदा उपचार पद्धति नेमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य संस्थाभन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मेहनत गर्नुपर्ने देखिन्छ ।
मामाघर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसीलाई नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । पहुँचमा स्वास्थ्य संस्था नहुनु र जहाँ त्यही कानून मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा मानवीय भारी क्षति भएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्