१७ कार्तिक, काठमाडौ – गुल्मीको ठूलोलुम्पेकमा एक महिलाको हत्या भएको छ । ठूलोलुम्पेक १, लाटेमा ५४ वर्षिया तालकुमारी फौजा मगरको आफ्नै घरमा रक्ताम्मे अवस्थामा शव भेटिएको हो ।
फौजाका बुहारीहरु तिहारको दिन बाहिर देउसी भैलो हेर्न गएको बिहान घर फर्किँदा शव देखेपछि छिमेकीलाई खवर गरेका थिए ।
शव भेटिएपछि ईलाका प्रहरी कार्यालय रीडिमा खवर गरीएको स्थानीय गुणदेव सिँजालीले बताए । मृतकको आफ्नै घरको कोठामा घोप्टो परेको अवस्थामा शव भेटिएको र वरपरी रगत देखिएको स्थानिय गुणदेव सिँजालीले बताए । मृतक ताल कुमारी र श्रीमान राम बहादुर फौजा दुवैजनाले मदिरा सेवा गरेर झैँझगडा गरीरहने भएकोले उनीहरुको झगडाको क्रममा मृत्यू भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
ईलाका प्रहरी कार्यालयबाट घटनास्थल पुग्न धेरै टाढा पैदल यात्रा गर्नुपर्ने भएकोले प्रहरीटोली घटनास्थल प्रस्थान गरेपनि अझै नपुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्