मंसिर १३, २०८१ बिहीबार

एचआइभीबाट सात महलिाको मृत्यु



कार्तिक २५, स्याङ्जा- एचआइभीका कारण स्याङ्जामा ६ वर्षमा सात महलिाको ज्यान गएको छ । सन् २०१० देखि २०१६ सम्ममा उनीहरुको ज्यान गएको हो । स्याङ्गजामा उत्तः अवधिमा बाँकी १९ जना पुरुषको एचआईभिकै कारण मृत्यू भएको छ ।
जिल्ला अस्पतालको एआरभी शाखामा दर्ता भएका संक्रमित मध्ये एक सय चार महिला, ९१ पुरुष र ३३ बालबालिका गरी दुइ सय २८ ले एआरभी सेवा लिँदै आएका छन् । अरुको सिडिफोर दर उच्च रहेकाले औषधि सेवन गर्न नपरेको शाखाले जनाएको छ ।
एचआइभी संक्रमण भएको जानकारी हुनासाथ एआरभी नियमित गर्न सके मृत्युदर घट्ने शाखाका काउन्सिलर शंकर जिसीले बताए । जिसीले संक्रमतिले नियमित एआरभी प्रयोग नगर्दा मृत्यु हुनेको संख्या बढि भएको बताए । पुनर्निमाण प्राधिकरण