ग्लोबल आइएमई बैंकका ग्राहकले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा छुट सुविधा पाउने भएका छन् ।
ग्राहकलाई छुट सुविधा दिनको लागि ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.काउपाध्यक्ष शरद प्रधानबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार ल्याण्डमार्क होटल रिसोर्ट को काठमाण्डौ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग र क्यू आर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहकतथा कर्मचारीहरुले छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।सोही अनुसार ग्राहकलाई छुट सुविधाका लागि यसरी ल्याडमार्कसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्